सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बेलघारि स्थित मुस्लिम समुदायमा बाल विवाह न्यूनीकरण र खोप सचेतना सम्बन्धी सचेतनामुलक `कचहरी´ नाटक प्रर्दशन गरिएको छ ।
आइतबार युनिसेफ नेपालको सहयोग, वीरेन्द्रनगर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त सचेतना मुलक नाटक प्रर्दशन गरिएको हो ।
वडा नम्बर १० स्थित बेलघारि टोलमा बाल विवाह र खोप सचेतना आवश्यक रहेकोमा पहिलो पटक कचहरी नाटकले समुदायमा सचेतना जगाएको वडा नम्बर १० का स्वयम् सेविका खैरुन निशाले बतान् । उनले यस्ता सचतेनामुलक कार्यक्रम नियमित भएमा समुदायमा सचेतना फैलने विश्वास ब्यक्त गरिन् ।
यसैगरी बेलघारी टोल विकास संस्थाका अध्यक्ष जमाल बक्सले सचेतना आवश्यक भएको स्थान छनौट गरी कचहरी प्रर्दशन गरेकाेमा युनिसेफ नेपाल, वीरेन्द्रनगर नगरपालिका र बास नेपाललाई धन्यबाद ज्ञापन गरे । उनले यस्ता कार्यक्रम नियमित रुपमा समुदायमा ल्याउन समेत सरोकारवालालाई अनुरोध गरेका छन् ।
यसैगरी आइतबार नै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ को सरस्वती टोलमा कचहरी प्रर्दशन गरिएको छ । नगरबासिहरुलाई बाल विवाह न्यूनीकरण र खोप सचेतनाका लागि कचहरी नाटकको आयोजना गरिएको बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले बताए । उनले कचहरी अवलोकन गर्ने सबैलाई कचहरी मार्फत दिईएको सन्देस लिएर जान सबैलाई अफिल गरेका थिए । कचहरी नाटकमा सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम प्रबन्धक हेमराज भट्टको उपस्थिती रहेको थियो ।
कचहरी नाटकमा रबिन्द्र बोहरा, लोक बहादुर घर्ती, अशोक रावल, सिर्जना शाही, ललिता बिश्वकर्मा ओड, कंगना शाही, भावना परियार र पुष्पा न्यौपानेले अभिनय गरेका थिए ।
खुलानजर । २९ आश्विन २०८०, सोमबार ०७:४२