सहकारी संस्था समुदायको साझा फुलबारी हो : मन्त्री बुढाक्षेत्री

 
सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहकारी समुदायको साझा फुलबारी भएको बताएका छन् ।
शनिबार जलधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बराहताल गाउँपालिका–६को १५औं वार्षिक साधारण सभालाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् ।
‘गाउँमा स्थापना भएका सहकारीहरु यो समुदायको साझा फुलबारी हुन् । यसको सही सदुपयोग गरी नागरिकको जिवनस्तर माथि उकास्न जरुरी छ,’मन्त्री बुढाक्षेत्रीले भने,‘ गाउँ–गाउँमा सहकारी हुँदा केही सानोतिनो आर्थिकको काम परेपनि साहुको घरमा ऋाण माग्नुपर्ने प्रचलनको अन्त्य भएको छ ।’                                                                           
उनले साह्रो गार्हाे पर्दा साहुभन्दा पहिला सहकारीलाई सम्झने गरेको बताए । विभिन्न उद्देश्य राखेर सहकारी स्थापना गरेपनि त्यसको सही सदुपयोग गर्न नसक्दा नागरिकले दुःख पाउने गरेको उनी बताउँछन् ।
‘अहिले केही आर्थिक समस्या पर्दा नागरिकहरु सहकारीलाई पहिला सम्झन्छन् । सही सदुपयोग गरे यसबाट धेरै फाइदा छन्,’उनले भने, ‘तर, पछिल्लो समय नागरिकहरुले नै त्यसको दुरुपयोग गरेको पाइएको छ । कृषि गर्ने भनेर ऋाण ल्याउँछन्, जाँड रक्सी खाएर उडाउँछन् । त्यो गलत हो, जुन कामका लागि ऋाण ल्याइन्छ त्यही काममा लगानी गरेर मुनाफा कमाउँदा यसको फाइदा छ ।’
मन्त्री बुढाक्षेत्रीले जनताको तत्कालिन आवश्यकता र मुनाफा आउने क्षेत्रमा लगानी गरी त्यसको अनुगमन गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएका छन् ।
उनले सहकारी तथा लघुबित्तले गर्दा केही नागरिकहरु आत्मनिर्भर भए पनि धेरै नागरिकहरु त्यसको दुरुपयोग गरेर गाउँघर नै छोड्ने गरेको बताउँदै नागरिकहरुले मुनाफा हुने क्षेत्रमा ऋालाई लगानी गर्न सुझाव दिएका छन् ।
यस्तै संस्थाकी अध्यक्ष लालकुमारी बुढाले समुदायका हरेक व्यक्तिको शेयरले अहिले संस्था यहाँसम्म आइपुगेको बताइन् ।
उनले थोपा–थोपा गरेर सागर भएझैं सानो –सानो रकमले अहिले सहकारी लाखौंको कारोबार गर्ने स्थितिमा पुगेको बताइन् ।
अध्यक्ष बुढाका अनुसार अहिले सहकारीको कुल पुजी ६७ लाख ९१ हजार ५३९ रुपैयाँ ५८ पैसा रहेको छ । जसमध्ये १७ लाख रुपैयाँ मुख्यमन्त्री सहुलियत ऋाण कार्यक्रमबाट अनुदान आएको हो ।
यस्तै वडा नम्बर ६ का पुर्व वडाअध्यक्ष खगेन्द्र गिरीले सहकारीबाट ऋाण लिने प्रतिस्पर्धा भन्दा पनि वास्तबिक आवश्यकता र केही व्यवसायिक योजनाका साथ ऋाण लिनुपर्नेमा जोड दिए ।                                                     
त्यसैगरी साधारणसभाले पुनः लालकुमारी बुढालाई नै अध्यक्षमा चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा खगेन्द्र बुढा, कोषाध्यक्षमा देवराज गिरी, सचिवमा राम सागर बिसी चयन भएका छन् । यस्तै सदस्यमा सावित्रा गिरी, पवित्रा बन, नैन सिं विक, सिता रावत र जगत बुढा, बिष्णु गुरुङ चयन भएका छन् । यस्तै सभाले लेखा समिति संयोजकमा प्रकाश रावत, सदस्यमा सिता गिरी र कृष्ण वली चयन गरेका छन् । शिक्षा उपसमितिमा संयोजक रामसागर बिसी, सदस्यमा कौवली गिरी र अर्जुन बुढा चयन भएका छन् । त्यस्तै ऋाण उपसमितिमा संयोजक रतन बहादुर बुढा, सदस्यमा श्याम बहादुर बिसी र तारा व नचयन भएको संस्थाका व्यवस्थापक पर्शुराम बुढाले जानकारी दिए ।