एमयूले दियो २१ दिनको हिउँदे बिदा

सुर्खेत: अत्याधिक चिसो बढे पछि मध्यपश्चिम विश्वविद्यालयले २१ दिने हिउँदे बिदा दिएको छ । बुधबार विश्वविद्यालयले सूचना जारी गर्दै उक्त विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा हिउँदे बिदा दिएको हो । बुधबार भर्चुअल माध्ययमबाट बसेको पदाधिकारी बैठकको निणर्यानुसार मध्यपश्चिम विश्वविद्यालयका सम्पुर्ण केन्द्रीय विभाग, स्कूल, कार्यक्रम र आंगिक क्याम्पसहरुमा पुस २१ गते देखि माघ ११ गते सम्म हिउँदे बिदा दिएको सूचना प्रकाशन गरेको छ । परीक्षा सम्बन्धी कार्यक्रम र दैनिक प्रशासनिक कार्य दैनिक रुपमा सञ्चालन हुने उक्त सुचनामा उल्लेख गरेको छ ।