सुर्खेतः वेतन–कर्णाली जलविद्युत आयोजनाले निर्माण पूर्वका तयारी पूरा गरेको छ। ४३९ मेगावाट क्षमताको आयमेनाले साउन ११ गतेदेखि प्रभावित क्षेत्रमा पर्ने सुर्खेत र अछामका चार वटा पालिकामा वातावरणीय प्रभाव मूल्याङ्कनको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गर्नुका साथै प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि मुआब्जा दिने तयारी थालेको छ।
आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख उपेन्द्र न्यौपानेले निर्माण पूर्वको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना निर्माणको काम सुरु गर्दैछौं,’ बुधबार सुर्खेतको चौकुने गाउँपालिकामा आयोजित प्रभावित क्षेत्रका नागरिकसँगको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले भने, ‘विद्युत उत्पादनसम्म ८८ अर्ब लगानी अनुमान गरेका छौं।’
कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने करिव छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो।आयोजनाले पहुँचमार्ग अन्तर्गत अछामतर्फबाट १८ किलोमिटर र सुर्खेततर्फबाट १४ किलोमिटर सडक निर्माणको प्रक्रियामा छ। बेस क्याम्प, टेस्ट टनेल, वातावरणीय प्रभाव मूल्याङ्कन, बेलिब्रिज निर्माण र सार्वजनिक सुनुवाईका काम आयोजनाले सम्पन्न गरेको छ। जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पनि सुरु गरिएको उनले जानकारी दिए।
कर्णाली र सुदूरपश्चिमलाई छुट्याउने कर्णाली नदीमा बन्ने यो आयोजना अर्धजलासययुक्त हो। आयोजनाको ड्याम ९बाँधस्थल० दायाँतर्फ अछामको ढकारी गाउँपालिका–६ र बायाँतर्फको भाग सुर्खेतको चौकुने गाउँपालिका–६ मा पर्छ भने पावरहाउस ९विद्युतगृह० अछामको ढकारी गाउँपालिका–६ को टटालीघाटमा पर्छ।
आयोजना प्रमुख न्यौपानेका अनुसार ४३९ मेगावाट विद्युत मध्ये मुख्य पावरहाउसमार्फत ४३०।२ मेगावाट र वातावरणीय बहावबाट थप ८।८ मेगावाट विद्युत उत्पादन हुनेछ। ‘यसका लागि सुर्खेतको चौकुने गाउँपालिका र अछाको ढकारी गाउँपालिकाबाट बग्ने कर्णाली नदीमा नदीको पिधँबाट करिव ९० मिटर अग्लो बाँध बनाइनेछ,’ आयोजना प्रमुख न्यौपानेले भने, ‘बाँध निर्माणपछि कर्णाली नदीमा ५।४२ किलोमिटर क्षेत्रफलमा १६१६।९ लाख घनमिटर क्षमताको जलासय बन्नेछ।’
सुख्खायाममा ५३६ घरनिटर प्रति सेकेण्ड तथा वर्षाको समयमा ५५१।३३ घनमिटर पानी ९९।१३ मिटरको हेडमार्फत वार्षिक २३६९।८८ गिगावाट घण्टा बराबरको उर्जा उत्पादन हुनेछ। बाँधस्थलमा २०१७।२६, २०११।१५ र २०१७।३९ मिटर लामो आठ मिटर व्यास भएको तीन वटा हेडरेस सुरुङ र १५१।८ मिटर लामो छ वटा टर्वाइनमार्फत पानी खसालेर विद्युत उत्पादन गरिनेछ। विद्युत उत्पादनपछि निस्कने पानीलाई २९६।९२ मिटर लामो छ वटा टेलरेस सुरुङ र ९६।२७ मिटरको खुल्ला नहरमार्फत कर्णाली नदीमै मिसाइने व्यवस्था मिलाइने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए।
आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ र अछामको ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका–३,४ र ५ वडाका बासिन्दाका लागि रोजगारीका लागि पहिलो प्राथमिकता दिइने उनले बताए। आयोजनाबाट अछाम र सुर्खेतका ३८४ घरपरिवार प्रत्यक्ष प्रभावित हुने देखिएको छ।
‘जसमध्ये जग्गा र घर संरचना दुबै गुमाउने परिवारको संख्या ३३१ छ,’ उनले भने, ‘५३ परिवारले घर संरचना मात्रै गुमाउने छन्।’ आयोजनाका लागि ३३१ घरपरिवारको ६९।२६ हेक्टर निजी जमिन अधिग्रहण हुनेछ भने ३३८ निजी घर संरचनाहरु प्रभावित हुनेछन्,’ उनले भने, ‘आयोजना कार्यान्वयन हुँदा ३५ व्यापार व्यवसाय प्रभावित हुनुका साथै १५ वटा सार्वजनिक संचरनाहरु प्रभावित हुनेछन्।’ आयोजना निर्माण हुँदा तीन वटा झोलुङ्गे पुल, एउटा लघु जलविद्युत आयोजना आठ वटा पानीका धारा र दुई वटा सिंचाई कुलोसहितका सार्वजनिक संरचनाहरु प्रभावित हुनेछन्।
खुलानजर । २० श्रावण २०७९, शुक्रबार ११:२२