कारागारमा बन्दीको मृत्यू

सुर्खेत: दैलेख जिल्लाको नौमूले गाउँपालिका– ४ घर भई सुर्खेत कारागारमा रहेका बन्दी २२ वर्षीय लछुमन सुनारको वैशाख २३ गते साँझ मृत्यू भएको छ । कारागारभित्र साँझ ६ः४० बजे बेहोस् भएका सुनारलाई कारागार प्रशासनले उपचारका लागि कर्णाली प्रदेश अस्पताल लिँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला कारागार सुर्खेतका निमित्त प्रशासक भुवन गौतमले बताए । मृतकको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ । परिवारजनले घटनाको सत्य तथ्य छानबिन हुनुपर्न माग राखेका छन् ।
जाजरकोट र दैलेखको सिमानामा भएको हत्या घटनामा गिरफ्तार भएका सुनारफाई जिल्ला अदालत जाजरकोटको ०८२ मंसिर ७ गतेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । जाजरकोट कारागारमै रहेका सुनारलाई कारागारको नयाँ भवन बनाउने योजना अनुरुप पुस १५ गते सुर्खेत सारिएको थियो ।