सुर्खेत: भदौ ३१ गते राती परेको अविरल वर्षाको कारणले आएको बाढीले बराहताल गाउँपालिका वडा वडा नम्बर ५ लेकगाँउका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।
मर्सिकोर नेपाल र सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित भकारी कार्यक्रम अन्र्तगत विस्थापनभएका १४ जना घरपरिवारलाई गैर खाद्य वस्तु वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीको सहभागितामा राहत वितरण गरिएको हो । वडा अध्यक्ष धिमराज जोल्मी मगरले गाउँपालिका विपद् फोकल व्यक्ति कृष्णप्रसाद शर्मा मर्सिकोर नेपाल भकारी कार्यक्रमका लाक्पा छिरिङ तामाङ, सुजित गौतम, सुन्दर नेपाल संस्थाका गगन खड्का, मञ्जु रिमाल, निर्मल लामिछाने मगर, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम बम, पूर्व सुचना कार्यदलका संयोजक युवराज बस्नेतसहितको उपस्थितीमा राहत वितरण गरिएको हो ।
यानएफ रा आई किटमा त्रिपाल १ थान , बाल्टी १ थान , जग १ थान , कम्बल १ थान , सिरक १ थान , टर्च १ थान , डोरी २ थान, टाबेल १ थान, पिफम २ थान र म्याट १ थान गरी वितरण गरिएको छ । कार्यक्रम भएको जानकारी सुन्दर नेपाल संस्थाका भकारी कार्यक्रमका डिआरआर अधिकृत गगन खड्काले जानकारी दिए ।
खुलानजर । ७ आश्विन २०७९, शुक्रबार २१:२५