नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ


सुर्खेत: कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।  जेष्ठ सदस्य शाहलाई आज बिहान प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका थिए ।
शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । उनी सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर   अध्यक्षता ग्रहण गर्नेछन् ।
कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र १/१/१ जना गरी ४० जना सांसद रहेका छन् । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।