पञ्चपुरीमा मेयर कपकाे तयारी

सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ६ मा मेयर कपकाे तयारी थालिएकाे छ ।  आइतबार वडा नम्बर ६ का वडा अध्यक्ष नरबहादुर सिजापतिले वडाभित्र रहेका खेलाडीहरु छनोटका गर्न प्रशिक्षणका लागि फुटबल तथा खेलकुद सामग्री हस्तान्त्रण गरेका छन । अध्यक्ष सिजापतिले खेललाई ब्यवस्थापकका लागि वडा सदस्य मनबहादुर बरैलाई खेल संयोजकको जिम्मेवार दिएका छन् ।  खेल समयसम्म उक्त खेलाडीहरु ब्यबस्थापक भई उनीहरुलाई सुरक्षाको जिम्मेवारी र सबै व्यवस्थापनकाे लागि जिम्मेवारी दिएको छ । खेल ब्यवस्थापक मनबहादुर बरैलाई दिएको खेल सहसंयोजक मदन रिमाल, कोच चेतन नेपाली, कप्तान सन्तोष पुर्काेटी चयन भएका छन् । उक्त खेलभर मर्यादित, सुरक्षित नियमहरु पालना गरि सबै खेलाडी कसैको दबाबमा नरही निश्पक्ष तरिकाले खेल प्रदर्शन गर्न वडा अध्यक्षसिजापतिले  खेलाडीलाई निर्देशन दिएका छन् ।