कर्णाली याक्सले सोमपालसहित सात खेलाडी रिटेन गर्याे

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि फ्रेन्चाइज टोली कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरेको छ। उसले कामीसहित गुल्सन झा, नन्दन यादव, विपिन प्रसाद शर्मा, दीपेन्द्र रावत, अजुर्न घर्ती र युनिस सिंह ठकुरीलाई रिटेन गरेको हो।

यसैगरि कर्णालीले देव खनाल, रित गौतम, मौसम ढकाल, भुवन कार्की र दीपक डुम्रेलाई रिलिज गरेको छ। पहिलो सिजनमा कर्णालीले भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेर क्रिकेट प्रेमीको ध्यान आफ्नो टिममा तानेको थियो।