रूखबाट लडेर घाइते बनेकी महिलाको मृत्यु

जुम्ला:  जुम्लामा रूखबाट लडेर एक महिलाको मुत्यु भएको छ। जंगलमा दाउरा संकलन गर्न जाँदा लडेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न जाँदा रूखबाट लडेर घाइते भएकी रोकायाको उपचरको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार मंगलबार दिउँसो १ बजे लडेर घाइते भएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो। घाइते रोकायाको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको हो।