सुर्खेत: प्राईम सेवा एप्लिकेशनको सुर्खेत शाखा स्थापना गरिएको छ । क्यासनेप ‘प्रोडक्ट’ को रुपमा रहेको उक्त सेवाको शाखा बुधबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले उद्घाटन गरेको छन् ।
शाखाको उद्घाटन गर्दै मन्त्री रोकायाले पछिल्लो समय बेरोजगार भएर युवाहरु विदेशिनुभन्दा स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने बताए ।
उनले युवाहरु उद्यममा लागेर जिविकोपार्जन गर्न सके कर्णाली प्रदेश समृद्ध हुन समय नलाग्ने बताए ।
उनले प्राईम सेवाले गरेको कामको प्रशंसा गर्दै युवाहरुलाई आधुनिकीकरण र प्रविधिमा जोड्न सुझाव दिए ।
प्राईम सेवाले देशभरका १४ स्थानमा शाखा विस्तार गरिसकेको छ । सुर्खेतमा वीरेन्द्रनगर–८ खजुरामा रहेको उक्त कार्यालयबाट ग्राहकहरुले अनलाइनमार्फ विभिन्न ६४ प्रकारका सेवा पाउने छन् ।
स्वदेशका उत्पादनलाई अनलाइनका माध्यमद्धारा ग्राहकलाई सहजरुपमा उपलब्ध गराउनु प्राईम सेवाको मुख्य काम भएको संस्थाका सिइओ बसन्त कुमार शाहीले जानकारी दिए ।
उनले क्यासनेपको प्रोडक्ट अन्तर्गत डाक्टर , शिक्षक, यातायात र खाद्यान्न लगायतका ६४ बढी सेवासुविधा अनलाइन मार्फत उपलब्ध गराइने बताए ।
‘एक घर, एक उद्यमी युवा’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादन, अन्तराष्ट्र्रिय पहिचान बनाउने र गुणस्तरीय सेवासुविधा सिधै ग्राहकसम्म पुर्याउने सिइओ शाहीको भनाई छ ।
खुलानजर । २० पुष २०७९, बुधबार १९:१६