सुचना र प्रविधिको सही सदुपयोग गराैं: मुख्यमन्त्री शर्मा


सुर्खेत : कर्णाली प्रदेशका मुखयमन्त्री राजकुमार शर्माले आजको युग सुचना र प्रविधिको युग भएकोले यसकाे सही सदुपयोग गर्न अनुराेध गरेका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा दूरसञ्चार कम्पनीले गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘आजको युग सुचना र प्रविधिको हाे । यसकाे प्रयोग गर्ने सन्दर्भमा केही साेच, विचार गर्न जरुरी छ। यसकाे प्रयाेगकाे विषयमा हामीले सजकता अपनाउनै पर्छ’, मुख्यमन्त्री शर्माले भने, ‘यो विषयमा गम्भीर बहस र छलफल गर्न जरुरी छ ।’
मुख्यमन्त्री शर्माले घर-घरमा इन्टरनेट हात-हातमा मोबाईल भन्ने नारा लगाएको धेरै समय भइनसकेको बताए । ‘दुरसञ्चारले आफ्नो भूमिका पूरा गर्न सक्यो कि सकेन् भन्ने विषयको तथ्यांक राख्नुपर्छ । किनभने जनताको पसिनाको नुन पानि खाएर बाचेका छौं । त्यसअनुसार नागरिकलाई पनि सेवा सुविधा दिनुपर्छ,’मुख्यमन्त्री शर्माले भने।
यस्तै, उनले सेवा सुविधा छिटो छरितो पाउनका लागि आइटी विज्ञ नै राख्नुपर्ने हो ? नागरिक सञ्चार सेवाबाट बन्चित हुनुपर्ने हो ? पैसा तिरेर पनि सञ्चारका सेवा सुविधाबाट बन्चित किन हुनु पर्ने भन्दै यसबारे दुरसञ्चारले ध्यान दिन जरुरी छ।
कर्णाली प्रदेशमा दूरसञ्चार प्रालिले आफ्नो सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंग अन्तरक्रिया समेत गरेकाे छ ।
यस्तै, दूरसञ्चारको समस्याहरुको जानकारी लिने, उपभोक्ताहरुलाई सूसुचित गर्ने, स्वीकृति प्राप्त सेवा प्रदायकहरुसँग स्थानीय तहमा छलफल गरी समस्याको जानकारी लिई समाधानको उपायहरुको पहिचान गर्न कर्णाली प्रदेशमा दूरसञ्चार सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रमका उद्देश्य राखिएका थिए ।
त्यस्तै, दूरसञ्चारको वास्तविक अवस्थाको बारेमा छलफल गर्ने, सेवा प्रदायक, नियमक, निकाय, उपभोक्ताहरुलाई एकै स्थानमा ल्याएर एक अर्काको समस्याहरुको छलफल, सेवा प्रदायक र सरोकारवालाहरुबीच सेवाको गुणस्तर, उपलब्धता मर्मत सम्भार र भावि योजनाहरुको सम्बन्धमा छलफल गरी प्राधिकरणले चाल्नु पर्ने भावि कदम बारे जानकारी लिइने र समग्रमा कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको अवस्थाबारे छलफल भएको थियो ।
कार्यक्रममा कर्णालीका मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, संम्बन्धित निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो ।