लन्डनमा आयोजित अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुर्खेतका बाबु मल्ल ठकुरीद्वारा स्वर्ण पदक

सुर्खेत: लन्डनमा सम्पन्न द व्हाइट कॉलर फाइट क्लब द्वारा आयोजित खुला बक्सिङ प्रतियोगितामा सुर्खेतका बाबु मल्ल ठकुरीले स्वर्ण पदक जित्न सफल भएका छन्।

सुर्खेतको यरीचोक निवासी ठकुरीले ८० केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक सहभागिता जनाउँदै नै उनले यस्तो ऐतिहासिक सफलता हात पारेका हुन्।

उनी नेपालको तर्फबाट लन्डन पुगेर प्रतिस्पर्धा गरेका थिए। खेल जीवनमा यो उपलब्धिलाई माइलस्टोन मानिएको छ। अबको यात्रामा उनले अझै ठूलो सफलताको अपेक्षा गरिएको छ।

बाबु मल्ल ठकुरीको यो सफलता केवल उनको व्यक्तिगत जीत मात्र नभई सम्पूर्ण सुर्खेत र नेपालकै लागि गर्वको विषय बनेको छ।