वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा शव फेला


सुर्खेत: वीरेन्द्रनगरमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदीमा मंगलबार पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शवको पहिचान खुल्न नसकेको र घटनाका बारेमा थप अनुसन्धान भरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले शाहीले जानकारी दिए ।