सिम्ताकाे प्रावि खान्माले पनि मनायो बालदिवस


सुर्खेत : `बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी´ भन्ने मूल नारासहित ५९ औं राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । हरेक बर्ष भदौ २९ गते मनाइने बाल दिवस शुक्रबार नेपाल राष्ट्रिय प्राथमिक बिद्दालय सिम्ता -९ खान्माले पनि विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बालअधिकार सम्बन्धी नारा लेखिएका प्ले कार्ड र ब्यानरसहितकाे र्‍याली विद्यालय परिक्रमा गरिएको थियाे । र्‍यालीपछि कक्षा १ देखि ५ सम्मका छात्र, छात्रा दौड र हाइजम्प प्रतियोगिता समेत गरिएकाे थियाे । त्यसैगरी दिवसकै अवसरमा विद्यालय परिसर सरसफाई गरिएको शिक्षक तथा विद्यालयका सुचना अधिकारी लक्ष्यबहादुर सुनारले जानकारी दिए । दिवसकै अवसरमा बिद्यार्थीहरुलाइ खेलकुदका सामग्री अन्तर्गत भलिबल र नेट समेत हस्तान्तरण गरिएको छ ।
यसैबीच छात्र तर्फको दौडमा कक्षा १ का आशिष बिक प्रथम भएका छन् । त्यस्तै कक्षा २ मा छात्र तर्फ रोहित गन्धर्व र छात्रा तर्फ करुणा सुनार उत्कृष्ट बनेका छन । कक्षा ३ मा छात्र तर्फ रोहित बुढामगर र छात्रा तर्फ सुर्जना सुनार उत्कृष्ट बनेकी छन ।
यस्तै कक्षा ४ मा छात्र अभिषेक खत्री र छात्र तर्फ रिता सुनार, कक्षा ५ मा जीवन चन्द र आरती सुनार उत्कृष्ट बनेका हुन ।
त्यसैगरी हाइजम्प तर्फ कक्षा २ मा रोहित गन्धर्व र करुणा सुनार, कक्षा ३ रोहित बुढा र शुस्मा परियार, कक्षा ४ तर्फ नवीन थापा र ॠतु सुनार, कक्षा ५ मा जनक बिक र कल्पना बिक प्रथम बनेका छन । विभिन्न विधाका खेलकुदमा उत्कृष्ट हुनेहरुलाइ विद्यालयले गर्ने अन्य कार्यक्रममा पुरस्कारसहित सम्मान गर्ने प्रधानाध्यापक परशुराम सुनारले बताए ।