पीडामा लघुवित्त र मिटरब्याज पीडित, सडकमा आन्दाेलन ! 

अंगराज परियार
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट लघुवित्त र मिटरब्याज पीडित आन्दोलनका लागि नौ वटा संघर्ष समितिले मेची  महाकाली हस्ताक्षर संकलन अभियान कार्यक्रम चलाइरहेका छन् ।  सरकारले मिटरब्याज पीडितलाई ठग्ने काममात्रै गरेको भन्दै लघु वित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समिति, नागरिक युवा दस्ता नेपाल, संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघ , बैंंक तथा वित्तिय पिडित समन्वय समिति नेपाल , देशभक्त श्रमिक मोर्चा, लघु वित्तिय संस्था विरुद्ध संघर्ष समिति नेपाल , महिला विद्रोह संघ समिति  नेपाल , कबाडी व्यवसायी महासंघ, वित्तिय शोषण विरुद्ध किसान मजदुर आन्दोलन लगायतका संघर्ष समितिहरु  फागुन १ गतेदेखि २२ गतेसम्म सात वटै प्रदेशबाट चरणबद्ध आन्दोलन गर्न थालेका छन् । मिटरब्याजविरुद्ध लघुवित्त पिडित संघर्ष समितिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष फत्ते बहादुर पुनका अनुसार सुर्खेत प्रदर्शनपश्चात् स्थानीयस्तरको आन्दोलनको आवाजलाई सरकारले नसुने फेरि पीडितहरूलाई लिएर काठमाडौंमा आन्दोलनका कार्यक्रम गर्ने बताए । सरकारले मिटरब्याज पीडितका मुद्दालाई गम्भीरतापूर्वक नलिएकाले पुनः सडकमै जाने बताए ।
 
किन आक्रोशित छन् पीडित?
गुर्भाकोट नगरपालिका-५ की सिमसरी नेपालीका अनुसार गंगामाला सहकारी संस्थाबाट दुई लाख ऋण लिएको तर साढे तीन लाख समेत तिरें । सहकारीका कर्मचारीले धेरै तत्ताएपछि एन.आई.सी संस्थाबाट ३५ हजार लगेको थिए त्यहि संस्थाले एक लाख लगेको बताइन्  । सबै पैसा तिरीसक्दा पनि अझै बाकी रहेको संस्थाले मेरो घरमा बारम्वार यातना दिएको बताइन्  । आफुले तिरेको मैंले हिसाव गरेको छु तर संस्थाले लिएको पैंसाको लेखाजोखा नगर्दा मर्नु न बाँच्नु बनाएको सुनाइन् ।
गुर्भाकोट नगरपालिका ६ की चम्फा विकका अनुसार मिरमिरे साना लघुवित्त सहकारी संस्थाबाट दुई लाख र वौद्ध ग्रामिण सहकारी संस्थाबाट पनि दुई लाख ऋण लिएको बताइन् । दुबै सहकारी संस्थाको साँवा व्याज तिरिसकें तर हर्जना लगाएर फेरि दुई लाख भन्दा बढी तिर्नुपर्ने बताइन् । भेरिगंगा नगरपालिका- १० छिञ्चुकी मायादेवी बुढाथोकीले मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाइ विभिन्न ढङ्गले शोषण गरेकोले आन्दोलनमा आएको बताईन् ।  गुभाकोट नगरपालिका-६ स्थित जैगल्ली कामीले  क्रियाटिभ लघुवित्त सहकारीबाट पाँच लाख र गंगामाला सहकारी संस्थाबाट दुई लाख ऋण लिएको र ब्याज हजर्ना गरेर ११ लाख तिरेपनि अझै दुई लाख दिए ऋण मिनाहा हुने बताइन् ।
भेरिगंगा नगरपालिका- १० छिञ्चुकी विष्णुदेवी शाहीले राष्ट्र उत्थान साना  सहकारीबाट एक लाख ऋण लिएकाे हजर्ना ब्याज गरेर तीन लाख लग्यो । ‘साना किसान लघुवित्तबाट दुइ लाख लगे पुरै ऋण समयमा तिर्न नसक्दा  खेतबारीमा काम गरेर जीविकोपार्जन गर्ने उनको खेत नै खोसिएपछि जीवन चलाउने अर्को विकल्प छैन,’ उनले भनिन् । त्यस्तै गुर्भाकोट नगरपालिका ६ की मंगला विकले वीरेन्द्रनगर लघुवित्त सहकारीबाट  ६० हजार लिएको साँवा व्याज तिरेपनि हर्जना लगाएर डेढ लाख सम्म पुर्याएको छ  । त्यहि ऋण तिर्न गंगामाला सहकारी संस्थाबाट एक लाख लिएको दुई लाख ५० हजार बढी तिर्दा पनि अझै ऋण मिनाह नभएको बताइन् ।
यसै क्रममा मिटर ब्याजकै वीरेन्द्रनगर की ४१ वर्षीया जानकी नेपालीको ५० लाखमा बनेको घर ३० लाखमा लिलाम हानेपछि उनका श्रीमान लक्ष्मान नेपालीकाे तनाबका कारण डिप्रेसनको सिकार समेत भएका छन् । जानअन्जानमा मिटरब्याजीको चङ्गुलमा परेका उनीहरुसँग खानको लागि गास छ न त अरु कुनै बिकल्प नभएको उनले बताईन् । न त उनीहरुसँग खानको लागि गास छ न त अरु कुनै बिकल्प नभएको बताइन् । समस्या समाधान नहुँदा पिडितहरु मर्नु र बाँँच्नुको दोसाँधमा छन् ।
 जति पटक पिडितका समस्या समाधान गर्ने सहमति भए पनि अहिलेसम्म कुनै पनि कुुरा कार्यान्वयमा नआउँदा पिडितहरु झन झन मर्कामा परेका छन् । मिटर ब्याजीबाट पीडित बनेकाहरु न्याय पाउने आशामा न घाम न झरि न त चिसो न भनि दिनरात आन्दोलनमा रहे पनि सरकारले उनीहरुको समस्याको सुनुवाइृ नगर्दा कति पिडितहरु मर्नु र बाँँच्नुको दोसाँधमा छट्पटिरहेका छन् ।
अहिले देश नै आर्थिक मन्दिबाट गुज्रिरहेका बेला उनीहरुको स्थिति झन कति दर्दनाक भएको होला आफ्नो खाने गासै खोसिदा ? बैंक तथा वित्तीय संस्थामा सहज पहुँच नपुग्दा नवलपरासीका २ सयभन्दा धेरै किसानले मिटर व्याजी अर्थात साँवाको दोब्बर, तेब्बर हुँदै कैयौँ गुणा धेरै रकम लिएको तमसुक गराउने व्यक्तिसँग ऋण  लिए । तर ऋणको चुक्ता पुँजीको २० गुणाभन्दा धेरै रकम बुझाउँदा पनि उनीहरूले बन्धकी राखेको जग्गा फिर्ता पाएक छैनन् । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले प्रदर्शन गरिरहेका छन् ।
भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् :
https://youtu.be/MGXStWU4lFU?si=v42x30gPKhD4fFbh