४१७ कियूफिट अवैध काठसहित तीन जना पक्राउ

सुर्खेत: बराहताल गाउँपालिका–६ गिमिनेबाट ४१७ कियूफिट अवैध काठसहित तीन जनालाई पक्राउ गरिएको छ । अस्थायी प्रहरी पोष्ट बड्डीचौरबाट खटिइएको प्रहरीले दुइवटा टिप्परमा लोड गरिएको अवैध काठसहित उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीहरुलाइ वन डिभिजन कार्यालय बाबियाचाैरमा बुझाएका हुन् ।

दुइ टिप्परमा लोड गरिएका २३ गोलिया ४१७ कियूफिट काठ पक्राउ गरिएर अनुसन्धानका लागि कार्यालयमा ल्याइएको डिभिजन वन कार्यालय भेरीका कार्यालय प्रमुख बसन्त श्रेष्ठले जानकारी दिए । ‘अहिलेसम्म कसको काठ हो भन्ने खेलेको छैन । अहिलेसम्म अवैध नै ठहरिएको छ,’प्रमुख श्रेष्ठले भने, ‘पक्राउ परेका तीनजना माथि विस्तृत अनुसन्धान भइरहेको छ । केही दिनमा घटनाको पुरै विवरण आउने छ ।’