सुर्खेत: दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भेटिएको प्रारम्भिक प्रतिवेदनपछि खानी तथा भूगर्भ विभाग अन्तिम प्रतिवेदनको पर्खाइमा छ । चीनको जियोलोजिकल सर्भेले पठाएको प्रारम्भिक प्रतिवेदनअनुसार नेपाललाई ५० देखि ६० वर्ष पुग्ने ग्यास भण्डारण रहेको अनुमान गरिएको छ । विभागका महानिर्देशक दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले डिसेम्बरसम्म अन्तिम प्रतिवेदन पठाउने बताएको छ । ‘सबै कुरा अहिलेसम्म सकारात्मक देखिएका छन् । नेपाल सरकारबाट चीन सरकारलाई उत्खननका लागि प्रस्ताव पठाइसकिएको छ,’ उनले भने, ‘उताबाट जवाफ आएपछि उत्पादनबारे योजना बनाइनेछ ।’ यो अन्वेषण चीन सरकारको २ अर्ब ४० करोड रुपैयाँको अनुदानमा ६ वर्षमा सम्पन्न गरिएको हो । चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि झण्डै डेढ वर्षसम्म ४ हजार १३ मिटर गहिराईमा ड्रिलिङ गरेको थियो । खानी विभागका अनुसार जलजलेमा झण्डै ८५ अर्ब अमेरिकी डलरबराबरको ग्यास भण्डारण रहेको अनुमान गरिएको छ ।
स्थानीय क्षेत्रमा चहलपहल
ग्यासको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि जलजले आसपासका क्षेत्रमा चहलपहल बढेको छ । स्थानीय अगुवा धनबहादुर बुढाका अनुसार जग्गाको मूल्य तीन गुणाले बढेको छ । ‘अहिले प्रतिरोपनी १५ लाख पुगेको छ, दैनिकजसो ५–७ वटा जग्गा पास भइरहेका छन्,’ उनले भने ।
हाल जलजले क्षेत्रमा झण्डै १ सय पसल र होटल सञ्चालनमा छन् । भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीले मध्यपहाडी राजमार्ग नजिक भएकाले तीन वटा नयाँ सडक निर्माण कार्य भइरहेको बताइन् । उनका अनुसार यस वर्ष पूर्वाधार विकासका लागि झण्डै दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । हाल ड्रिलिङ गरिएको क्षेत्रमा तीन जना चिनियाँ प्राविधिकसहित सशस्त्र प्रहरी तैनाथ छन्। थप सुरक्षाका लागि नेपाल प्रहरीले पनि चौकी स्थापना गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई उद्धृत गर्दै खानी विभागले जनाएको छ ।
पेट्रोलियम अन्वेषणको इतिहास
नेपालमा पेट्रोलियम पदार्थको खोजी ४ दशकदेखि हुँदै आएको हो । तर प्राविधिक क्षमता र स्रोत अभावले कामले गति लिन सकेको थिएन । ४ असोज २०७२ मा नेपालको नयाँ संविधान जारी भएलगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकै बीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो । अनि सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम गर्ने साइत जुरेको थियो । २०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख पुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डेसहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको अन्वेषण कामको सुरुवात गर्ने उद्घोष गरेर फर्किएको थियो । उतिबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि ग¥यो २०७६ मा खानी विभाग र चीन सरकारको जियोलोजिकल सर्भेबीच विस्तृत अन्वेषण गर्ने सम्झौता भयो । त्यसअन्तर्गत साइस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओकेमिकल सर्वे लगायतका काम सम्पन्न भएका छन् ।
स्थलगत अध्ययन सकिएलगत्तै कोरोना महामारीका कारण चिनियाँ टोली फर्किन बाध्य भयो । यसले परियोजना लम्बिन पुगेको हो । सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको लागत अहिले थपिएको छ । स्थानीय बासिन्दाले पञ्चकोशी तीर्थस्थलका विभिन्न स्थानमा देखिने अखण्ड ज्वालालाई दैवी चमत्कार ठाने पनि सरकारी अध्ययनले त्यसको पछाडि जमिनमुनि रहेको प्राकृतिक ग्यास मुख्य कारण भएको पुष्टि गरिसकेको छ ।
स्थलगत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चीन फर्किएको थियो । सन् २०२२ सम्म अन्वेषणको काम सक्ने गरी सम्झौता गरिएको भए पनि कोरोना महामारीका कारण हुन सकेन । त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो । दुई वर्ष म्याद थप गरेको एक वर्ष बित्दासमेत थप अन्वेषणको काम हुन सकेको थिएन । पञ्चकोशी तीर्थस्थलमध्ये अहिले श्रीस्थान, नाभीस्थान र पादुकामा अखण्ड रूपमा ज्वाला बलिरहेको छ । श्रीस्थानमा जमिनमुनिबाट निस्किएको अखण्ड दीपका रूपमा मन्दिरमा बाल्ने गरिएको छ ।

खुलानजर । १६ भाद्र २०८२, सोमबार ११:०७