वीरेन्द्रनगरकी उप–प्रमुख ढकालसहित ३३ जनाले दिए राजीनामा


सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाले पदबाट राजीनामा दिएकी छन् ।
नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिको मेयरमा उम्मेदवार बनाएपछि आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गदै ढकालले वीरेन्द्रनगरको उपमेयरको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
यस्तै, उप–प्रमुख ढकालसँगै विभिन्न वडाका वडाअध्यक्ष र सदस्यहरुगरी ३३ जना जनप्रतिनिधिले जिन्सी सामग्री नगरपालिकालाई हस्तान्तरण गरेर राजिनामा दिएका छन् ।
राजीनामा दिँदै ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको विकासका लागि साझा मुद्दामा एक भएको बताइन् ।
ढकालले सबैको साथ र समर्थनले काम गर्नमा सहज, सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेर काम गर्न सफल भएको र नगरबासीलाई समृद्धिको यात्रामा लैजान नगरपालिका कर्मचारी लगायतको साथ र समर्थन भरपुण रहेको समेत उल्लेख गरिन् ।