महिला पत्रकारको लेखन क्षमता बढाउन तालिम

शिवानी वि.क.
बाँके : बाँके र बर्दियाका महिला पत्रकारहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तालिम दिइएको हाे । महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमाेलले बताइन् ।
`आफ्नोे हकहित र अधिकारलाई उपयोग गर्न महिलाहरु र विशेषगरी महिला पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ,` अध्यक्ष अनमाेलले भनिन्, ` लेखन क्षेत्रबाट अग्रसर भए अन्य महिलाहरसका हकअधिकार पनि सुनिश्चित हुन्छन् ।´
पत्रकारिता क्षेत्रमा महिलाहरुकाे क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने उक्त तालिममा बाँके र बर्दियाबाट २० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।
नेपाल टेलिभिजनका बरिस्ठ पत्रकार रुद्र सुवेदी प्रशिक्षक रहेका छन् । उनले पत्रकारिता भनेकाे खोजपूर्ण र खाेजमूलक विषयवस्तुमा रहेर अध्ययन गर्न जरुरी रहेकाे बताए ।
उनले विशेषगरी पछिल्लो समय सञ्चार माध्यममा सिमान्तकृत समुदायका समाचार, स्टाेरी, फिचर र सम्पादकीय आउन आवश्यक रहेकाे सुझाव दिए ।
खोज गरेर लेखिएको राम्रो सामग्री नै खोज पत्रकारिताको उपज भएको उनको भनाई छ । बिहिबारबाट सुरु भएकाे तालिम शुक्रबार सम्पन्न गरिनेछ ।