राप्रपाबाट उपमेयरका उम्मेदवार बिसीको समर्थन सत्ता गठबन्धनलाई

भेरीगंगा, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भेरीगंगा नगरपालिकामा उपमेयरका उम्मेदवार मिना बिसीले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन जनाएकी छन् । उनले आज प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आफ्नो समर्थन रहेको जनाएकी हुन् ।

बिसीले आफु राप्रपाबाट उपमेयर पदमा उम्मेदवारी दिएपनि आजको मितिबाट फिर्ता लिई सत्ता गठबन्धन दलका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने विज्ञप्ती मार्फत जानकारी दिईन् ।

उनलाई आफ्ना शुभचिन्तक, समर्थक सबैलाई सत्तागठबन्धनका कांग्रेस र माओवादीका उम्मेदवारलाई विजय गराउन समेत आग्रह गरेकी छन् ।