सुन्दर नेपालको २६ औं वार्षिक साधारण सभा सम्पन्न

सुर्खेत : सुन्दर नेपाल संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समति सुर्खेतका प्रमुखगंगाराम सुनारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न गरिएको हो ।
सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल नाराका साथ सम्पन्न साधारण सभामा हाल संस्थाले सञ्चालनमा ल्याएका भकारी कार्यक्रम, सोलार बहुउद्देश्यीय पानी प्रणाली तेस्रो परियोजना स्वास्थ्य र विकासको लागि नगर सरसफाई परियोजना, पशु वस्तुको मुल्यश्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना, नेपालमा डिजिटल प्रविधि पहँुचमा लैङ्गीक अन्तर न्युनिकरण परियोजना, जलवायु परिवर्तन, ऊर्जा तथा वातावरण कार्यक्रम, नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना, स्वास्थ्यको लागिउर्जा कार्यक्रम, मध्यवर्ति क्षेत्रमा जिविकोपार्जनका लागि नविकरण्ीाय उर्जाको पहुँच परियोजना सञ्चालन गरिएको संस्थाका सचिव हिरामणि पौड्यालले जानकारी दिए ।
यस्तै नवीकरणीय उर्जाको माध्यमबाट कृषिमा सुधार, भेरी पूर्व सूचना प्रणाली सहयोग कार्यक्रम, कृषि तथा पशु उद्यमशिलता विकास परियोजना, सिम्ता, अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार परियोजना लगायतका परियोजनाहरु कर्णाली र सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लामा गु गरिएको उनले बताए ।
उनका अनुसार करिब ५८ हजार ४२६ जना यी कार्यक्रमबाट लाभवान्वित भएका छन् ।
संस्थाले गतआर्थिक वर्षमा आठ करोड ५५ लाख ३१ हजार ६२३ रुपैयाँ बराबरको खर्च गरेको छ भने आगामी वर्षका लागि १० करोड २८ लाख ९६ हजार २९३ रुपैयाँ प्रस्तावित आय व्यय पेश गरेको छ ।
संस्थाले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरु कार्यक्रम अधिकृत मनकुमारी सापकोटा र सहकारी क्षमता अभिवृद्धि सहजकर्ता काशीराम शर्मालाई प्रशंसा पत्र र दोसल्लाबाट सम्मान गरेको छ ।
त्यसैगरी संस्थाका आजिवन सदस्य शिवराज जैसीले सोक्रेटस् सोसियल रिर्सच युनिभर्सिटी भारतबाट मानार्थ डक्टरेड उपाधि गरेको भन्दै उनलाई सम्मान समेत गरेको छ ।
काँर्यक्रममा सिम्ता गाउँपालिका सुर्खेतका उपाध्यक्ष गोमा रेग्मीशर्मा, गैैसस महासंघ कर्णाली प्रदेशका इन्चार्ज घनश्याम केसी, उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी, रेडक्रस सोसायटी सुर्खेतका मन्त्री प्रदिप्त पौडेल, एसएनभी नेपालका प्रतिनिधि पार्वती दंगाल लगायतले संस्थाले गरेका कामहरुको विषयमा प्रशंसा गरेका थिए ।
उक्त औपचारिक कार्यक्रमको सञ्चालन संंस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले गरेका थिए ।