प्रदेश स्तरीय मानव अधिकार समूह गठन

सुर्खेत: कर्णाली प्रदेश स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । बिहिबार पञ्चपुरी नगरपालिकामा इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका, बिन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको सहभागितामा कर्णाली प्रदेशमा मानव अधिकार समूह गठन गरिएको हो ।
कर्णाली प्रदेशस्तरीय मानव अधिकार समूहको संयोजकमा पञ्चपुरी नगरपालिकाका मानव अधिकार समूहका सदस्य पदम सार्की मनोनित भएका छन् ।
प्रदेशस्तरीय मानव अधिकार समूहमा नौ जनाको कार्यसमिति रहनेगरी समिति गठन गरिएको हो ।
दुल्लु नगरपालिकाबाट सुशीला कुमारी योगी र गणेश नेपाली, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट हर्क बहादुर सावन र बालीराम जैसी, पञ्चपुरी नगरपालिकाबाट पदम सार्की, इन्द्रा विसी, कल्पना पुन मगर, बराहताल गाउँपालिकाबाट चन्द्रा चर्तीमगर र तिलक मर्साङ्गी मगर लगायत नौ जना प्रदेश स्तरीय मानव अधिकार समूहमा चयन भएका छन् । जसमा एकजना संयोजक रहनेछन् ।
गठित मानव अधिकार समूहका संयोजक पदम सार्कीको अध्यक्षतामा प्रदेश स्तरीय मानव अधिकार समूहमा रहेका सम्पूर्ण पदाधिकारीहरुले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, जातिय विभेद, लैङ्गिक हिंसामा आएका सवालहरुलाई सूचीकृत गरी आगामी बैठकमा
छलफल गरी सम्बन्धित निकायमा माग पेश गर्ने निर्णय गरेको छ ।