‘कर्णालीको मर्म’  पुस्तकमाथी परिचर्चा  

सुर्खेत:  डा. दिपेन्द्र रोकाया द्वारा लिखित ‘ कर्णालीको मर्म पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ। आइतवार वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे परिचर्चा गरिएको हो । पुस्तकमाथि बाल राेग विशेषज्ञ एवम् शून्यको मुल्य पुस्तकका लेखक डा. नवराज के.सीले समीक्षा गरेका छन् ।

‘पत्रकारिता जगतबाट भनिएका हरेक कुरालाई आम मानिसले आधिकारिक धारणा बनाउँछन् । त्यहि भएर पनि कर्णालीकाे पुरा कथा यसमा समेटिएकाे छ,’पुस्तकमाथि परिचर्चा गर्दै डा. केसीले भने ।
डा. रोकायाले कर्णाली प्रदेशमै केन्द्रित भई यहाँको जाति भाषा र साँस्कृतिक अवस्थालाई केलाएर पुस्तक लेखेका छन् । पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले उठान गरिएका विषयले यस पुस्तकको गरिमा बढाएको बताए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले परिवर्तनको मुल्यबोध भन्ने अध्यायमा डा. रोकायाले महत्वपुर्ण विषय उठान गरेको बताए । हुम्लामा जन्मिएका पुस्तकका लेखक डा. रोकाया दुई दशकयता मिसन पत्रकारिता, राजनीतिक खोज अनुसन्धान र लेखनमा सक्रिय छन् । उनले यसअघि कर्णाली प्रदेश याेजना  आयाेगकाे सदस्य समेत भएर काम गरिसकेका छन् ।