सुर्खेतकै कान्छा पालिका अध्यक्ष उम्मेदवार भण्डारी को हुन् ?


सुर्खेत: २०४५ साल असार १८ गते साविक तरंगा गाविस वडा नम्बर ४ मा जन्मिएका भिम बहादुर भण्डारीले बाल्यकाल देखि नै धेरै संघर्ष गर्न पर्यो । बुवा गोकर्ण भण्डारी र आमा तप्तकला भण्डारीका जेठा सन्तान भण्डारी सानै उमेरदेखि समाजसेवामा रुचि राख्थे । विद्यालयमा पढ्ने बेलादेखि नै उनको रुचि समाजसेवा थियो । सानै उमेरमा नै उनले बुवा गुमाएपछि एकाएक उमिाथि संघर्षका दिन आए । २०६१ सालमा आमाको निधन भयो । २०६३ सालमा बुवाको निधन भयो । बुवाआमाको सहारमा बस्दै आएका भण्डारीका दुई दाजुभाईलाई धेरै समस्या भयो ।
भण्डारीले गाडीमा सहचालकदेखि चालकसम्म बने । विभिन्न दुःख कष्टका बावजुत पनि हार नखाएर जिन्दगीलाई अगाडी बढाएका उनी अहिले नेपाली कांग्रेसको तर्फबाट बराहताल गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन् ।
कांग्रेसबाट बराहताल गाउँपालिकाको अध्यक्षमा अन्य कसैको दाबी नपरेपछि भण्डारी सर्वसममत उम्मेदवार बनेका हुन् ।
भण्डारीले बरातालल गाउँपालिकाको अध्यक्षको टिकट पाए सँगै आफ्नो उम्मेदवारी दर्ता समेत गरेका छन् ।
भण्डारीले निर्वाचन कार्यालय बराहतालमा आफ्नो अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । उनी अहिलेसम्म कांग्रेस सुर्खेतकै कान्छो पालिका अध्यक्षका उम्मेदवार हुन् । भण्डारी पछिल्लो एक दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।
पार्टीको साधारण सदस्यबाट राजनीतिमा आएका उनी क्रियाशिल सदस्य हुँदै १२ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि समेत भएका थिए ।
२०७२ भन्दा अगाडी नेपाली कांग्रेस साविक तरंगा गाउँविकास समतिको पार्टी सभापति हाँकेका उनले संघीय संरचना पश्चात पनि वडा सभापति भएर काम गरेका थिए । उनको राजनीति इमान्दारिता, पार्टीभित्रकोसक्रियता देखेर १४ औ महाधिवेशनमा खड्का समुहले भण्डारीलाई बराहतालको सभापतिमा उम्मेदवार बनायो । उनले १०४ मत ल्याई विजयी भए ।
विद्यालय पढ्दादेखि होस् या घरायसी कामकाज गर्दा अभावै अभाव झेल्दै आएक उनले कक्षा १२ सम्मको पढाई पुरा गर्न सके । भण्डारी शैक्षिक, सामाजिक र सांस्कृतिक अभियन्ताका रुपमा पनि परिचित छन् । चाहे शिक्षाका क्षेत्रमा होस् या त समाज सेवा लोक गित जस्ता क्षेत्रमा समेत चासो राख्ने उनलाई युवादेखि जेष्ठ नागरिकसम्मकाले उत्तिकै मायाँ गर्छन् ।
बराहताल गाउँपालिकाको शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, युवा उद्यमी, बेरोजगारी अन्त्य गर्न आफु सदैव लागि पर्ने भण्डारीले बताए ।
बराहताललाई कर्णाली प्रदेशकै नमुना पालिकाका रुपमा स्थापित गर्न आफु अहोरात्र खटिने उनको भनाई छ ।
नेपाली कांग्रेसबाट सुर्खेत बराहतालको अध्यक्षमा भीम भण्डारी उम्मेदवार बनेका छन् । सोमबार नेपाली कांग्रेस जिल्ला समितिले भण्डारीलाई बराहताल गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको हो ।