कांग्रेस जिताउन खड्का र थानी चुनावी अभियानमा

सुर्खेत । आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनाव नजिकिदै गर्दा आफ्ना दलका उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरु चुनावी अभियानमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका केन्द्रीय तहका नेताहरु गृह जिल्ला, नगर फर्किएका छन् ।

पछिल्लो समय सुर्खेत जिल्लामा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद उत्कर्समा पुगेको अनुमान चौतर्फी चलेपनि एकताको सन्देश प्रवाह हुने थालेको छ । यतिबेला कांग्रेस शिर्ष नेताहरु चुनावी अभियानमा जुटेपछि आन्तरिक द्वन्द्व सकिएको छ ।

आइतबारदेखि कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, प्रभावशाली नेता हृदयराम थानी, पूर्व जिल्ला सभापति कमलराज रेग्मी, नारायण कोइराला लगायतका शिर्ष नेताहरु चुनावी अभियनमा जुटेका छन् । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति संयोजक समेत रहेका उपसभापति खड्काले आइतबार लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरका छन् ।

यस्तै, नेता हृदयराम थानी, कमलराज रेग्मी, नारायण कोइरालाले वीरेन्द्रनगरका विभिन्न स्थलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । उनिहरुले कांग्रेसका उम्मेदवार विजयी गराउन मतदातालाई अनुरोध समेत गरेका छन् ।

यसका साथै कांग्रेस नेताहरु सोमबार वीरेन्द्रनगरकाे पिपलचाैतारामा उपसभापति खड्का, पूर्व जिल्ला सभापति कमलराज रेग्मी लगायतले चुनावी सभालाइ सम्बाेधन गरेका छन ।  यस्तै, नेता थानी र काेइराला बराहताल गाउपालिकामा आयोजित हुने चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

याेसँगै, नेता थानीसहितको टोली सुर्खेत पश्चिम क्षेत्रमा चुनावी अभियानमा जुट्ने तयारी गरेको छ भने उपसभापति खड्काले सिम्ताको गोजी बजार र गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।.