सिट बाँडफाँट टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक

काठमाण्डौंः आगामी मंसिर ४ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति हिजो घोषणा गरेपछि आज गठबन्धनको बैठक बसेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो। गठबन्धनको आजको बैठकमा सिट बाँडफाँट लगायत विषयमा छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागी रहेको छ।