सुर्खेत: कर्णाली प्रदेशमा दैलेख र सुर्खेतमा कार्यरत २० जना पत्रकारलाई द्वन्द्व संवेदशिलता सम्बन्धी तालिम दिइएको छ ।मिडिया एक्सन नेपालकाे आयोजनामा मंगलबारदेखि सुरु भएको तालिम बुधबार सम्पन्न गरिएको हाे ।
समाजमा हुने विभिन्न खाले द्वन्द्वको न्युनीकरण गर्न पत्रकारले रिपोर्टिङ्गका माध्यमबाट समाधान गर्नुे उद्देश्यले सुर्खेत र दैलेखका पत्रकारहरुलाई द्वन्द्व संवेदनशिलता विषयक तालिम दिइएकाे मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए ।
‘द्वन्द्वको अवस्था, कारण, संवेदनशिलता, सामाजिक मान्यता, उत्पन्न विवाद तथा समाधानका पहलका विषयका बारेमा पत्रकारले कसरी जानकारी राख्नुपर्छ।’ उनले भने, ‘कर्णालीमा पनि द्वन्द्वकाे निकै पकड भएकाे क्षेत्र हाे ।विभिन्न किसिमका द्वन्द्वको न्यूनीकरण गर्नमा पत्रकारको विशेष भूमिका निर्वाह गर्नुपर्छ।’ सञ्चारले मानवीय जीवनशैली र व्यवहारमा परिर्वतन ल्याउने हुँदा समाचार सामाग्री प्रकाशन/प्रशारण गर्दा द्वन्द्व संवेदनशीलतालाई ख्याल गनुपर्ने प्रशिक्षक कमलदेव भट्टराईले बताए ।
उनले पत्रकार संवेदनशिल हुन नसके पत्रकारिता पेशा सुरक्षित नहुने भन्दै सबै पत्रकारमा द्वन्द्व सम्वेदनशीलता सम्बन्धी ज्ञान अनिवार्य हुनुपर्नेमा उनले जाेड दिए ।
तालिममा सहभागी पत्रकारहरुले द्वन्द्व संवेदशिलता सम्बन्धी रिपोटिङ् मा आफूहरुले पालना गर्ने १७ बुँदे आचारसंहितासमेत जारी गरेका छन्। मिडिया एक्सन नेपालले कर्णालीका ६० जना पत्रकारहरुलाई पायक पर्ने जिल्लामा द्वन्द्व संवेदनशिलता सम्बन्धि तालिम दिन लागिएको आयोजक मिडिया एक्सनले जनाएको छ ।
खुलानजर । २७ भाद्र २०८१, बिहीबार १२:२०