मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

सुर्खेतः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मङ्गल रावलका अनुसार डा.जितेन्द्र कँडेलले छोडे पश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा.सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए ।

डा रावलले भने, ‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनुपर्यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनंख्या राज्यमन्त्री हिराचन्द्र केसी, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा  डा.सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।’