कर्मचारी युनियन सुर्खेतमा नयाँ कार्यसमिति, अध्यक्षमा पल्ली

सुर्खेत: नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सुर्खेतको अध्यक्षमा धर्मविर पल्ली मगर निर्वाचित भएका छन् । सोमबार मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरिएको हो । जसको उपाध्यक्ष (खुला)मा देवबहादुर नेपाली, उपाध्यक्ष (महिला)मा प्रतिमा थानी, उपाध्यक्ष (समावेशी)मा रिमाकुमारी कँडेल निर्वाचित भएका छन् । यस्तै सचिवमा महेशकुमार थापा, सह–सचिवमा (युवा) लोमनकेशर खनाल र कोषाध्यक्षमा तपबहादुर बुढा निर्वाचित भएका छन् । त्यस्तै (खुला) सदस्यहरुमा नरेन्द्रबहादुर हमाल, चक्रबहादुर केसी, रामबहादुर बुढा, प्रेमप्रकाश चपाई, मानबहादुर बस्नेत निर्वाचित भएका छन् । (श्रेणीविहीन) सदस्यहरुमा डण्डपाणि सुवेदी, सुरेशबहादुर कार्की निर्वाचित भएका हुन् । (महिला) सदस्यहरुमा मधु रेग्मी, पुष्पा आचार्य शर्मा, सदस्य (समावेशी) मा दिनेश विश्वकर्मा र सदस्यमा खेमसिंह ठकुरी निर्वाचित भएका छन् । उक्त अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सिताकुमारी खत्री गिरी, विष्णुकुमारी गुरुङ, शुशीलकुमार केसी, द्रोणदेव वन, काशीराम भट्टराई, नन्दराम चौलागाई र मेघनाथ शाही चयन भएका छन् । त्यसैगरी जिल्ला सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा गणेशकुमार थापा, राजिमान बुढा, घनबहादुर बुढा, देवीकुमारी राना, वीरेन्द्र पुन, विवेकजंग शाही र चतुर्भुज गौतम निर्वाचित भएका छन् । प्रदेश विभागीय सभातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विकेन्द्र ढकाल, भद्रबहादुर थापा, बिनिता बस्याल, हिमालय साउद निर्वाचित भएका छन् ।
प्रदेश विभागीय कार्यसमिति तर्फ अध्यक्षमा बेलमता बस्नेत, उपाध्यक्ष (खुला) रमेशकुमार पाण्डे, उपाध्यक्ष (महिला) देवी केसी, उपाध्यक्ष (समावेशी) कुम्भराज मल्ल, सचिव वेदप्रसाद पंगाली, सह–सचिव (युवा) प्रकाश भण्डारी, कोषाध्यक्ष यमुना श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा (खुला) वीरेन्द्रबहादुर माझी, प्रदिप बस्नेत, डिकेन्द्र राना, तिल बहादुर राना, पदमप्रसाद जैसी र सदस्य (श्रेणीविहीन) तुलाराम चौधरी, गणेश घर्ती मगर, सदस्य प्रतिक्षा रावल, खुमा भट्टराई चयन भएका छन् । सदस्य (समावेशी) बाल कुमारी चौधरी, लिला पहाडी चयन भएका छन् । प्रदेश विभागीय सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा किरणकुमार शर्मा, कृपाराम शर्मा, मेनका संज्याल र कर्ण बहादुर गायन चयन भएका छन् ।