सुर्खेत: कर्णाली प्रदेश नेकपा (एमाले) संसदीय दलको बैठकले सम्पूर्ण जिम्मेवारी दलका नेता यामलाल कँडेललाई दिएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने–नहुने, समर्थन गर्ने, नगर्ने लगायतका विषयमा निर्णय गर्ने अघिकार कँडेललाई दिएको हो ।
बैठकमा सहभागी प्रदेश सहइञ्चार्ज गुलाबजङ्ग शाहले सभामुखको बारेमा समेत निर्णय गर्ने अधिकार दल नेताका लागि दिइएको बताए । १३ सिट रहेको एमालेले मुख्यमन्त्रीमा प्रमुख दाबी गरिरहेको थियो । तर केन्द्रबाट नै नेकपा माओवादी केन्द्रको भागमा परेपछि एमाले चिढीएको छ ।
प्रदेश प्रमुख तिलक परियारले बुधबार पाँच बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । एमालेले भने मंगलबारको बैठकबाट समर्थन गर्ने नगर्ने भन्नेबारे निष्कर्ष निकालेको छैन ।
खुलानजर । २६ पुष २०७९, मंगलवार १९:३५