अधिकारका लागी दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला हुँदै

सुर्खेत : “अरुका लागी प्रयोग भयौं पटक – पटक ” “आफ्ना लागी उठौं एकपटक” भन्ने मुल नाराका साथ अधिकारका लागी दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला यहि मिति २०७९ फागुन १३ गते सनिबारका दिन प्रदेश राजधानी सुर्खेत स्थित जुम्ला रोडमा रहेको निर्वाणा होटेलको हलमा संचालन हुने भएको छ।

नेपालमा निर्माण भएका २०२० साल देखी हाल सम्मका संवैधानिक व्ययवस्था अनुसार जातिय बिभेद गर्न हुन्न र यदि जातकै आधारमा बिभेद गरेको पाइएमा कानुन बमोजिम सजाय हुन्छ भन्ने व्यवस्था रहेता पनि हाल सम्म जातिय बिभेदकै कारण नेपालमा २ दर्जन भन्दा बढिले ज्यान गुमाउन परेको छ भने कयौं जातीय बिभेदका घटनाहरुमा अप्रिय न्याय निरुपण भएको, समाजिक संजालमा दलित समुदायमाथि चरम विभेद हुने अभिव्यक्ति प्रस्तुत भइरहेको र राज्यद्वारा नै दलित समुदाय विहिन सरकार गठन जस्ता क्रियाकलापहरु संचालन गरेको हुदा उक्त जातिय विभेदको चंकुलबाट दलित समुदायलाई माथि उठाउन तथा राज्यका कानून कार्यन्वयन गर्ने निकायहरुलाई प्रभावकारी बनाउन गठित अधिकारका लागी दलित जागरण अभियानको कर्णाली प्रदेश स्तरीय भेला संचालन हुन लागेको हो।

उक्त भेलामा कर्णाली प्रदेश अन्तरगतका प्रत्येक जिल्लाका दलितका पालिका प्रमुख – उपप्रमुख ज्युहरु, दलितका पालिका अध्यक्ष -उपाध्यक्ष ज्युहरु, दलितका वडा अध्यक्ष ज्युहरु, दलितका कार्यपालिका सदस्यहरु बिभिन्न पार्टिका भातृ संगठन / जनबर्गीय संगठन मा आबद्ध दलितका प्रमुख एबंम प्रतिनिधिहरु, लगायत दलित अधिकार र दलित मुक्तिको लागी आवाज उठाउनुहुने सम्पुर्ण दलित अधिकार कर्मीहरुलाई उपस्थित भैदिनको लागी , अधिकारका लागी दलित जागरण अभियान कर्णाली प्रदेश तयारी कमिटिले आग्रह गरेको छ।

साथै उक्त भेलालाई सम्बोधन गर्नको लागि प्रमुख बक्ताको रुपमा , अधिकारका लागी दलित जागरण अभियान कि केन्द्रीय संयोजक सरु सुनारको उपस्थिति रहने ब्यहोरा कर्णाली प्रदेश भेला आयोजक कमिटिका तदर्थ संयोजक गोबिन्द बिकले बताउनु भएको छ।