राष्ट्रियता र लाेकतन्त्रकाे पक्षमा बाेल्नेहरु एकठाउँमा छाैं : माधव नेपाल

सुर्खेत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियता र लाेकतन्त्रकाे रक्षाका लागि लडेकाहरु एकठाउँमा उभिएको बताएका छन् । साेमबार प्रदेशस्तरीय पार्टी प्रशिक्षणका लागि सुर्खेत आएका नेपालले ८ दलिय गठबन्धनलाई इङ्गित गर्दै राष्ट्रवादी शक्तिहरु एकठाउँमा उभिएको बताए ।

उनले समाजवादीलाई अलग्याएर सरकार बनाउनु असम्भवकाे कुरा रहेकाे भन्दै वर्तमान राजनीतिक कोर्ष परिवर्तनको बलियो शक्ति एकीकृत समाजवादी पाटी बनेको दावी गरे ।

नेपालमा बिगतमा भएका राजनीतिक परिर्वनमा आफ्नो उल्लेखेनीय भूमीका रहेको स्मरण गर्दै नेता नेपालले वर्तमान राष्ट्रिय राजनीतिको कोर्ष परिवर्तनमा पनि एकिकृत समाजवादी बलियो शक्ति भएको बताए। ‘पार्टीको नीति, विचार र सांगठानिक संरचनाहरु परिपक्क छ। हामी आफ्नो निर्णय कार्यन्वयन गर्न बलियो अडानका साथ उभिएका छौँ। नेकपा एकीकृत समाजवादी पाटीलाई मुलुकको राजनीतिक कोर्ष परिवर्तनको मुख्य शक्ति बनाउछौँ, उनले भने ।

नेता नेपालले २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने बताए। ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र म आफैँसहित ८ राजनीतिक दलका शीर्ष नेताबीच सहमति भईसकेकोले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई कसैले रोक्न सक्दैन्। उहाँको जित सुनिश्चित छ ।’

अध्यक्ष नेपालले सरकारकाे नेतृत्व आलोपालो गर्ने विषयमा कुनै सम्झौता नभएको दावी गरे ।