प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउनेछ : कांग्रेस उपसभापति खड्का


सुर्खेत : नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा सरकारले निरन्तरता पाउने बताएका छन् ।
राष्टÈपति निर्वाचनको विषयमा यही फागुन १९ गते प्रदेशस्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुधबार सुर्खेत आएका खड्काले सञ्चारकर्मीहरुसँग कुरा गदै यस्तो बताएका हुन् ।
राष्टिÈय सहमति अनुसार कांग्रेसलाई राष्ट्रपति दिने प्रचण्डको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्विकार गरेपछि आठ दलसहितको नयाँ समिकरण बनेको बताए ।
‘सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको दिनदेखि नै उहाँ राष्ट्रिय सहमतिको बाटो खोजिरहनुभएको थियो । सभामुख र राष्टिÈय सभा अध्यक्ष एमालेको, प्रधानमन्त्री माओवादीको भएकोले ठुलो दलका हैसियतले कांग्रेसलाई राष्ट्रपति दिनुपर्छ भन्ने प्रचण्डको प्रस्ताव एमालेले अस्वीकार गरेपछि यो परिस्थिती सिर्जना भएको हो । पछि ८ दलको निर्णय अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायौं ।’
उनले अरूलाई मन्त्री बनाउने अभियानमा लागेको र विगतमा नै आफुले मन्त्री नबने प्रतिवद्धता गरेकोले मन्त्री बन्मा आफ्नो रुचि नभएको बताए ।
उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताए । खड्काले प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाउनेमा ढुक्क रहेका बताए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण नै अहिलेको आठ दलीय गठबन्धन बनेको जिकिर गरे ।
‘केपी ओेलीले विगतमा गरेका अलोकतान्त्रिक कामकै कारण यो आठ दलीय गठबन्धन बन्नुको हो,’उनले भने, ‘आजभन्दा ७ बर्ष अगाडि नै मन्त्री नबन्ने घोषणा गरिसकेको छु त्यसैले कांग्रेस सरकारमा जाँदा पनि म मन्त्री बन्दिँन, त्यहाँभन्दा माथी जनता र भगवानको भरोसामा छोडेको छु ।’
आठ दलीय राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितका संयोजक समेत रहेका खड्काले पुस १० गते प्राविधिक कारणले नहुनुपर्नेु दुर्घटना को भन्दै अहिलेको अवस्थामा मूलुकको राजनीतिमा नयाँ परिवेशको निर्माण भएको बताए ।
संविधानको रक्षा, शान्ति प्रक्रियाको पुर्णता, लोकतन्त्रको रक्षा र सामाजिक तथा आर्थिक विकासका पक्षधरहरु एकठाउँमा उभिएको उनको भनाई छ ।