पञ्चपुरीमा दलित जागरण अभियान

सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा दलित जागरण अभियान संचालन भएको छ । शुक्रबार दलित जागरण पश्चिम अध्यक्ष खगेन्द्र सुनारको प्रमुख आतिथ्यतामा दलित अगुवा, दलित समुदायबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

मार्च २१ अर्थात चैत ७ गते अन्तराष्टिय जातिय विभेद विद्धको दिवसमा कर्णाली प्रदेशमा दलित समुदायको विसाल कार्यक्रमको तिब्र तयारी चलेकोले कर्णालीभरीका गाउँ बस्तीमा जागरण अभियान चलाएको बताए । कर्णालीका प्रत्येक जिल्लामा दलितहरुका समस्या र विगतदेखि दलितहरुको समस्या समाधान गर्नका लागि राज्यसँग दरिलो आवाज उठाउन अभियान सञ्चालन गरेको अध्यक्ष सुनारले बताए ।
कार्यक्रममा माओवादीबाट धनबहादु विक, नेकपा समाजवादीबाट मनबहादुर विक, नेपाली काँग्रेसबाट गोर्ख विक, दलित एकता समाजका अध्यक्ष ललित सुनार लगायत अन्य दलित अगुवाहरुको सहभागिता रहेको थियो ।