शिवानी वि.क.
कोहलपुर: `लागूऔषध तथा सामाजिक विभेद अन्त्य गरौं, समृद्ध कोहलपुर निर्माणको अभियानमा सहभागी बनौं´ भन्ने मुल नाराका साथ प्रथम कोहलपुर लाईभ कन्सर्ट तथा होली मिलन कार्यक्रम २०७९ संचालन हुने भएको छ । लेकाली युवा क्लब बाँकेको आयोजनामा उक्त कार्यक्रम संचालन गर्न लागिएको हो । फागुन २२, २३ र २४ गते कार्यक्रम संचालन गरिने आयोजक संस्था लेकाली युवा क्लबले जानकारी दिएको छ । सामाजिक दुर्ववहार तथा शसक्तिकरणका लागि विभिन्न जनचेतनामूकल कार्यक्रम, युवाहरुका लागि क्षमता अभिवृद्धिका कार्य र स्थानशिय पर्यटन प्रवर्द्धनलाई पहल गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको युवा क्लबका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए । कोहलपुर नगरपालिकाका विभिन्न लागूऔषध दुर्वशनीको ट्रान्जिट पोईन्टको रुपमा रहेको हुँदा बेरोजगार युवाहरुलाई विभिन्न अवैध कार्यहरुमा संलग्नता गराइकाेले पनि जनचेतनामूलक कार्यक्रमकाे आवश्यकता रहेकाे अध्यक्ष पोखरेलले बताए । कार्यक्रम कोहलपुरको पर्यटन विकास तथा समुदायिक सचेतना र समुदायमा जगडिएर रहेका विभिन्न सामाजिक विभेद तथा दुर्वशनी न्यूनिकरणको लागि समुदायस्तरमा सचेतना दिइने उद्देश्यका साथ कार्यक्रम संचालन गर्न लागिएको क्लबका उपाध्यक्ष सुवास परियाले बताए ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सचेतनामूलक प्रस्तुती रहने हँदा पनि समृद्ध कोहलपुर निर्माणमा सहयोग पुग्ने आयोजकको विस्वास छ।
खुलानजर । २१ फाल्गुन २०७९, आईतवार २१:५७