एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यन्त्री शर्माले तेस्राे पटक विस्वासकाे मत लिनुपर्ने

सुर्खेत:  नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक र फागुन १७ मा दाेस्राे पटक विश्वासको मत दिएको थियो ।
चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुले बताएका छन् । कर्णालीमा एमालेका सभामुखसहित १० सांसद छन् । एमाले संसदकाे तेस्राे पार्टीका रुमा छ । यो सँगै मुख्यमन्त्री राजकुमार शर्माले फेरि तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।