प्रदेश प्रमुखद्वारा इदको शुभकामना व्यक्त


सुर्खेत: कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिस समुदायको पर्व इद उल अज्हा (बकर इद) को शुभकामना दिएका छन् । प्रदेश प्रमुख परियारले एक शुभकामना सन्देश जारी गर्दै कर्णाली वासी, देश तथा विदेशमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा आपसी रिस राग र द्वेषलाई विर्सेर एकआपसमा खुसीका साथ पर्व मनाउने गरेको उल्लेख छ ।
`यस पर्वमा नेपालीबिच सद्भाव र सहिष्णुता अभिबृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु´ भनेर उनले शुभकामना व्यक्त गरेका छन् ।