सुर्खेत: नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले ‘आन्तरिक विशेष अभियान’ले पार्टीलाई मजबुत बनाउने बताएका छन् । गत शुक्रबारदेखि सुर्खेतमा सुरु भएको संगठन सुदृढीकरण अभियानले नाै वटा पालिकाका ८ वटा स्थानमा कार्यक्रम गरेकाे केन्द्रीय सदस्य एवम् जिल्ला प्रतिनिधि कँडेलले बताए ।
अभियानका कार्यहरु अन्तरगत शुक्रबार साउन २६ बिहान ११ बजे पार्टी कार्यालयमा भातृ संस्था ,शुभेच्छुक संस्थाहरूकाे छलफल गरेकाे थियाे । त्यस्तै साउन २७ गते बिहान ११ बजे पार्टी कार्यालयमा पुर्व पदाधिकारी ,अग्रज नेताहरुसंग छलफल गरेकाे थियाे ।
त्यस्तै साउन २८ गते बिहान ११ वजे क्षेत्रीय कार्यसमितिकाे आयाेजनामा क्षेत्रीय भेला गुर्भाकाेट नगरपालिकाकाे मेहलकुनामा, साउन २९ गते क्षेत्रीय कार्यसमितिको आयाेजनामा क्षेत्रीय भेला पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैरमा सञ्चालन भएको केन्द्रीय सदस्य कँडेलले जानकारी दिए ।
बुधबार प्रेस युनियन सुर्खेतले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले आन्तरिक विषेश अभियानले कांग्रेसलाई वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्ला तहमा क्रियाशील बनाएर गुटउपगुटबाट मुक्त गराएर अघि बढ्न सहयाेग पुगेकाे बताए ।
उनका अनुसार सुर्खेतमा ८ वटा कार्यक्रम वडादेखि नगरसम्मका सबै समितिमा छलफल भएकाे छ ।
वडा, नगर, प्रदेश, क्षेत्र र जिल्लामा आन्तरिक समस्याहरु छलफल बारे छलफल गरिएको छ । ती समस्याहरुलाई प्रतिवेदन बनाएर केन्द्रीय समितमा बुझाइने छ ।
त्यस्तै प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीले पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गरी एकजुट बनाउन केन्द्रीय समितिलाई अनुराेध गरे । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार विशेष आन्तरिक अभियान सुरू गर्ने भएकाे थियाे ।
पत्रकार सम्मेलनमा पार्टीका नगर, प्रदेश, क्षेत्रिय र जिल्लाका पदाधिकारीहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।
खुलानजर । ३१ श्रावण २०८०, बुधबार १८:१०