सुर्खेत: वीरेन्द्रनगर नगरपालिकामा बाल क्लव र किशोरीहरुको लागि एक दिने बाल विवाह र खोप सम्बन्धी अभिमुखिकरण सम्पन्न गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित मानव केन्द्रीत दृष्टिकोण मार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उक्त अभिमुखिकरण सम्पन्न गरिएको हो । २४ जना सहभागी रहेको कार्यक्रमको उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्मा, बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, सुर्खेत शाखा अध्यक्ष अमर शाही लगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बाल क्लव र किशोरी संजाल गठनसँगै परियोजनाले सामाजिक कार्यमा समेत अग्रणी भुमिका खेल्नुपर्ने बताए ।
बास नेपालका सुर्खेत शाखा अध्यक्ष अमर शाहीले अभिमुखिकरणबाट बाल क्लबका पदाधिकारी तथा किशोरीहरुको क्षमता अभिवृद्धि हुनुका साथै आगामी दिनमा बालविवाह न्यूनिकरण गर्न र पुर्ण खोपको अवस्था सिर्जना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कर्णाली प्रदेश संयोजक धिुरेन्द्र शाहीले बाल अधिकार सुनिस्चित गर्दै बालविवाह अन्त्य गरी खोप अभियानलाई पुर्णता दिन बाल क्लव र किशोरी संजालको भुमिका अर्थपूर्ण हुने विश्वास व्यक्त गरे । उनले यस्ता प्रकारका क्षमता अभिवृद्धिका तालिम र कार्यक्रमले बालबालिकालाई थप मजबुत बनाउनुका साथै समाजका विसंगती, विकृति, कुप्रथाको अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।
बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सहभागीहरुलाई परियोजना र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । अभिमुखिकरणको उदुघाटन सत्रको संचालन बास नेपाल कर्णाली प्रदेशकी सहसचीव ललिता विश्वकर्मा ओडले गरेकी थिइन् ।
एक दिने अभिमुखिकरणमा बाल विवाह, खोप, खोपको महत्व, मानव केन्द्रीत डिजाइन लगायतका विषयहरुमा अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरा र प्रदेश संयोजक धिरेन्द्र शाहीले सहजिकरण गरेका थिए ।
खुलानजर । ७ भाद्र २०८०, बिहीबार १९:३०