सुर्खेत : कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएर मानव अधिकारका क्षेत्रमा सक्रिय भूमिका खेलेका खुलानजर डटकमका सम्पादक जगतदल जनाला विकलाई इन्सेकले उत्कृष्ट प्रतिनिधि पुरस्कारसहित सम्मानित गरेकाे छ । बुधबार अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ काे विमोचन समारोहको अवसरमा नगद सात हजार पाँच सय पुरस्कारसहित विकलाई सम्मान गरेको हो। इन्सेकले विकलाई कर्णाली प्रदेशमा मानव अधिकारसम्बन्धी समाचार लेखन र अभिलेखिकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरेको हो। सम्मान ग्रहण गर्दै विकले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा पत्रकारको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए। विक इन्सेकका सुर्खेत जिल्ला प्रतिनिधि समेत हुन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन कार्यक्रममा इन्सेकका पदाधिकारी, मानव अधिकारकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
खुलानजर । ८ फाल्गुन २०८१, बिहीबार १०:२४