कर्णालीका चर्चित मोडल रेशम नेप्किङको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रमा नयाँ म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक भएको छ। रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियो अहिले दर्शकमाझ चर्चा बटुल्न थालेको छ।

बी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस म्युजिक भिडियोमा रेशम नेप्किङ र प्रमिता राजघताने मुख्य भूमिकामा देखिएका छन्। पोस्टरदेखि नै दर्शकको ध्यान खिच्न सफल भएको भिडियोमा प्रेम, सम्बन्ध र भावनात्मक अनुभूतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा सुरेश लामा र अन्नु चौधरीको स्वर रहेको छ भने शब्द तथा संगीत रबिन भुसालले तयार गरेका हुन्। गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ रेकर्डिस्ट रञ्जन राईले गरेका हुन्।

भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन्। सिनेमाटोग्राफी महेश महराको रहेको भिडियोको सम्पादन स्टेशन बी. स्टार फिल्म्सले गरेको हो। त्यस्तै, कलर मिलान बिश्वकर्मा, मेकअप पूनम चौधरी तथा वार्डरोब भ्यालेन्टिनो द बुटिकले सम्हालेका छन्।

उच्च गुणस्तर (4K) मा तयार गरिएको “तिमिलाई हसाउने” ले प्रेमकथासँगै दृश्यात्मक प्रस्तुतीकरणमार्फत दर्शकको मन जित्ने प्रयास गरेको देखिन्छ। सार्वजनिक भएसँगै भिडियोले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद दिन खोजिएको यस प्रस्तुतीले दर्शकमाझ कस्तो सफलता हासिल गर्छ, त्यो आगामी दिनमा हेर्न बाँकी नै छ।