प्रदेश प्रमुखकाे शुभकामना : विकृति चिर्दै सांस्कृतिक र सामाजिक रुपान्तरण बनाेस् तीज


सुर्खेत:  कर्णालीका प्रदेश प्रमुख तिलक परियारले हरितालिका तिज पर्वकाे अवसरमा हिन्दु धर्मावलम्बी महिलाहरुलाइ शुभकामना सन्देश दिएका छन्। विगत लामो समयदेखी धार्मिक आस्थाका रुपमा मनाउदै आएको तिजकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदिबहिनिहरुमा न्याय, समानता, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना प्रदेश प्रमुख परियारले दिएका हुन् ।
पितृसत्तात्मक समाजले लादेको असमानता र उत्पीडनको वर्षभरिको दःख पिर मर्का र कुण्ठाहरु पोख्ने पर्वको रुपमा तिज मनाउँदै आएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘माइती दाजुभाईले दिदिबहिनी तथा चेलीबेटीहरुलाई घरमा बोलायर दरका रुपमा फलफुल दुधबाट बनेका परिकारहरु खुवाउने, नयाँ कपडा बनाईदिने प्रचलन रहेको छ,परियारले सन्देशमा भनेका छन्, ‘जन्मघरबाट कर्मघरमा गईबस्दा परेका पिरमर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा लिइन्छ । तिज सदभावकाे पर्व भएकाले विकृति प्रदर्शन नगर्न सबै दिदीबहिनीहरूलाइ आग्रह गर्दछु ।’
तीजमा एक महिनादेखी दर खाने, गरगहना र पोशाक प्रर्दशन गर्ने आदि गर्दा विकृति निम्त्याउन सक्नेबाट सतर्क हुँदै आगामी दिनहरुमा अझ सभ्य भई सांस्कृतिक र सामाजिक रुपान्तरणको लागी यस्ता पर्वहरुले महत्वपुर्ण भुमिका खेलुन भन्ने अपेक्षा गरेकाे उनकाे भनाइ छ ।
समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कु–परम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं संवर्द्धन गर्न सबैलाई उत्प्रेरित गरिरहोस भन्दै विकृति चिर्दै सांस्कृतिक र सामाजिक रुपान्तरणमा तिज पर्वले सहयाेग पुग्ने अपेक्षा राखेकाे उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।