बराहतालमा वातावरण आधिकार सम्बन्धि कार्यशाला

सुर्खेत: स्थानीयस्तरमा वातावरण अधिकार सम्बन्धी एक दिने कार्यशाला बराहताल गाउँपालिकामा सम्पन्न भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना, बराहताल मानव अधिकार समूहको समन्वय र बाल अधिकार समूहको सहकार्यमा शुक्रबार सम्पन्न गरिएको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष नवराज शर्माले वातावरण शब्द एकदमै फराकिलो भएको र त्यसको संरक्षणका लागि नागरिकले आफैबाट सुरु गर्नुर्ने बताए । वातावरण सम्बन्धी बनेका कार्यविधिलाई कार्यान्वयन गर्न पालिकालाई ध्यानाकर्षण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
वातावरण संरक्षणका लागि समाजमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सबैको सहकार्यमा गर्नुपर्ने बराहताल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए ।
सव डिभिजन वन कार्यालयका बड्डीचौरका प्रमुख योगेन्द्र ठाकुरले फोहोर व्यवस्थापन गर्नका स्थानीय सरकारले भएको स्रोत साधनलाई प्रयोग गर्न सकिने सुझाव दिए । स्थानीय सरकारले राम्रो नीति ल्याए मात्रै वातावरण संरक्षणमा सहज हुने उनको भनाई छ ।
त्यस्तै प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक देवेन्द्रकुमार ओलीले नागरिकले आफ्नो जिम्मेवारी र कर्तव्यमा सचेत रहे वातावरण संरक्षण हुने तर्क गरे ।


मानव अधिकार समूहका प्रदेश सदस्य तिलक मस्र्याङ्गी नीति बनाउँदा व्यवहारमा लागू हुनेगरी निर्माण गर्नुपर्ने बताए । वातावरण व्यक्तिसँग जोडिएको हुँदो संस्कारमा सकरात्मक ल्याउनुपर्ने बताए । कार्यक्रमममा बोल्दै बराहताल गाउँपालिकाका मानव अधिकार समूहका संयोजक छविलाल शर्माले वातावरण संरक्षणका लागि सबैभन्दा पहिले घरबाट सुरु गर्नुपर्ने बताए । उनले त्यसका लागि कुनै संघसंस्थाको भर नपर्नुपर्ने बताए । सबै क्षेत्रका सम्बन्धित निकायका प्रतिनिधिहरुसँगै आम नागरिकहरू लाग्नुपर्नेमा जोड दिएका थिए ।
इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रमकी सुर्खेत जिल्ला सहजकर्ता ललिता विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वातावरण अधिकार सम्बन्धी प्रस्तुतिकरण गरेकी थिइन् । उनले वातावरण संरक्षण गर्न ऐन कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालालाई ध्यानाकर्षण गरिन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समूह, विद्यालयका प्रध्यानाध्यापक, शाखाका प्रमुख, प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला सहकर्ता ललिता विकले गरेकी थिइन् ।