यज्ञप्रसाद ढकाल
परिचय
जीवनको प्रत्येक क्षणमा कलाको प्रयोग हुन्छ । कला बिनाको जीवन असम्भव हुन्छ । वास्तुकला, साहित्यकला, चित्रकला, मूर्तिकला, वाककला, मञ्चकला, संगीतकला जस्ता अन्य धेरै कलाहरू छन् । यिनै कलाहरू मध्ये कुनै एउटा कलाको साधना गरेर ख्यातिप्राप्त गर्ने प्रतिभाहरू राष्ट्रदेखि संसारसम्म छन् । सबै कलाहरू मध्ये संगीतकलालाई पनि उत्कृष्ट कला मानिन्छ । संगीत कलामा गायनलाई प्रमुख विधाको रुपमा चिनिन्छ । गायनका पनि विभिन्न भेदहरू छन् । ती मध्ये गायन क्षेत्रको लोक विधा पनि एक हो । त्यसै क्षेत्रमा राष्ट्रिय परिचय बनाउन सफल हुनेहरू मध्ये एक प्रतिभा भीमबहादुर कार्की हुन् । तत्कालीन दैलेख जिल्लाको गौणा अन्तर्गत पर्ने गोठीकाँडा ९, सुर्खेतमा वि.सं. २००६ साल फाल्गुण २४ गतेका दिन मध्यम वर्गीय परिवारमा उनको जन्म भएको हो । पिता मनहर्क कार्की र देवकुमारी कार्कीको कान्छो सन्तानका रुपमा उनी जन्मिएता पनि आºनी आमाको कोखबाट ५ भाइ २ बहिनी र बिमाताका १ छोरा, १ छोरीसहित जम्मा ९ भाइ बहिनीहरू मध्ये उनी कान्छो सन्तान हुन् । तत्कालीन अवस्थामा श्रमजीवि जीवन नै रहेता पनि उनले बालयकालमा दुःख कष्ट भोग्नु परेन । भजन कीर्तनका लागि घरमा हार्मोनियम भएका कारण नै यिनलाई संगीत तर्पm आकृष्ट हुन बेर लागेन र त्यही संगीत साधनाले नेपाली लोकसंगीतमा उच्च स्थान हासिल गर्न सफल भए ।
इतिहास
भीमबहादुरका पिता मुखिया थिए । सबैले उनलाई ‘मुखियाबा’ का नामले चिन्ने गर्दथे । उनी दैलेख जिल्ला अन्तर्गत गोठीका“डाका मुखिया थिए । सुर्खेतका सबै क्षेत्रको केन्द्रविन्दु गोठीका“डा नै थियो । उनी यसै क्षेत्रका प्रमुख थिए । मुखिया भएकै कारण उनको जग्गा जमिन प्रसस्त थियो । यस कारण भीमबहादुर लगाएत उनका दाजु, दिदी र बहिनीहरू सबैको बाल्यकाल सहज र सरल रुपमा बित्यो । बिमाताका छोरा छोरी भएता पनि कसैले दुःख कष्ट भोग्नु परेन । गोठीकाँडा र सर्खेतको घरमा पनि व्यवस्थितरुपमा सबै चिजको व्यवस्था थियो ।
घरमा भजन कीर्तन आदिको माहौलले गर्दा संगीत त सिक्न सकिने भयो तर त्यसबेला सभ्य परिवारको व्यतिmले अन्य संगीतको प्रयोग गर्न उचित मानिदैनथ्यो । वि.सं. २०२२ सालदेखि औलोको प्रकोपका कारण गोठीक“ाडामा सातमहिना र तल सुर्खेतमा प“ाचमहिना गर्दागर्दै यिनले उकाली ओराली, मेला पाखा आउ“दा जा“दा सुसेली हाल्ने मौका पाए । प्रेरणाका श्रोत बुबा भएता पनि उनलाई लोकभाका गुन्गुनाउन गाह्रो थियो । तै पनि यिनले मौकामा चौका हान्न छोडेनन् । सर्प पनि मरोस् लठ्ठी पनि नभ“ाचियोस् भन्ने उतिmलाई यिनले चरितार्थ गरे । त्यसैले पिताको व्यतिmत्वमाथि अाँच आउने कार्य उनले कदापि गरेनन् र संगीतलाई आºनो जीवनमा उतार्ने काम गरी रहे । उनले बिमाता बारेमा किंवदन्तीहरू त सुनेका थिए । बिमाताको उनी जन्मनु पूर्व नै वि.सं.२००४ सालतिर देहावसान भैसकेको कारण देख्न नपाए पनि उनका सन्तानबाट अपार माया पाए । यसरी उकाली ओराली गर्दै संगीसाथीहरूका बीच र घरको कान्छो र प्यारो छोरो भएका कारण कुनै अभाव नखड्किएर स्नेहपूर्वक यिनको वाल्यकाल सुखमय बित्यो ।
तत्कालिन अवस्थामा नेपालमा शिक्षादीक्षाको समुचित प्रवन्ध थिएन । २००७ सालको उŒारार्धसम्म राणाहरूको जहानिय“ा प्रवृŒिाका कारण जनताले पढ्न पाउने अवस्था थिएन । दरबार र दरबारका नजिककाले मात्रै पढ्ने गरी काठमाण्डौमा विद्यालय खोलिएको थियो । यस्तो अवस्थालाई नियाल्दा भीमबहादुरलाई यस्तो वातावरण बुझ्ने मौका नै मिलेन । उनी एकवर्ष नपुग्दै नेपालबाट वि.सं. २००७ फागुन ७ गतेका दिन सदासदाका लागि जहानियाँ राणा साशनका अन्त्य भैसकेको थियो । जनताले १०४ वर्षपछि नौलो बिहानीको किरण देख्न पाएका थिए । त्सपछि नेपालका विभिन्न ठाउ“हरूमा विद्यालयहरू खुल्न थालेका थिए र खुलेका विद्यालयहरूमा शैक्षिक स्थिति सुदृढ हुदै गैरहेको थियो । यस्तो अवस्थामा सुर्खेतको गोठीकाँडा पनि मिडिल स्कूल (हाल भैरव मा.वि. भैरवस्थान(४, सुर्खेत) रहेकाले उनको ज्ञानको ज्योतिको आरम्भ यसै विद्यालयबाट सुरु भयो । पारिवारीक वातावरणमा हुर्केका कार्कीका सहपाठीहरू पनि मिलनसार भएकाले पढाइमा अप्ठ्यारो भएन । त्यसैले उनको साथीसंगीहरूस“ग मनमुटाव हुने अवस्थाले सिर्जना हुने मौका पाएन ।
भीमबहादुरको प्रमुख रुचिको विषय गायन क्षेत्र नै रहेता पनि उनी डण्डिबियो, कपर्दी, भलिबल आदि खेल मन पराउने र खेल्ने गर्दथे । पढाइमा पनि उनको रुचि उत्तिकै थियो । विद्यालयमा प्रत्येक शुक्रवारका दिन शुक्रवासरीय कार्यक्रम हुने गर्दथ्यो । मधुर स्वरको धनी र कलाकारिताले भरिपूर्ण भएकै कारणविद्यालयमा उनले उद्घोषकको भूमिका निर्वाह गर्नु पर्दथ्यो । संगीत सबैको प्रिय कला भएता पनि त्यसबेला नेपालमा संगीत क्षेत्रले आºनो स्थान लिइ सकेको थिएन । क्यासेट, चक्का, पेनड्राइभ, ºलापी, कम्प्युटर जस्ता कही आधुनिक सामग्रीहरू पाइदैनथे । तैपनि आºनो साधनालाई निरन्तरता दिइ नै रहे । रेडियो नेपालका सबै गीतहरू सुन्ने गरेता पनि तत्कालिन कलाकारहरू मध्ये उनी धर्मराज थापा र तारादेवीलाई औधि मन पराउ“थे र उनीहरूकै गीत सुन्ने गर्दथे । तर त्यस बेला टेलिभिजन नभएका कारण उनले आºना प्रिय कलाकारहरूलाई देख्ने र भेट्ने मौका पाएका थिएनन् । कुरो वि.सं. २०२० सालको हो । सदा जस्तै शुक्रवासरीय कार्यक्रम चलिरहेको थियो, उनले कार्यक्रमको सञ्चालन गरिरहेका थिए । त्यसैबेला उनको हातमा एउटा चिट आइपुग्छ । चिट् पढ्न लाग्दा त एकचोटि उनलाई विश्वासै भएन । उनलाई लाग्यो कतै यो दिवा सपना त होइन ? फरि चौतर्फी हेर्दा उनले दुई नौला अनुहारहरू देखे । उनीहरूलाई अतिथिका रुपमा आसन ग्रहण गराइयो । आज उनले रेडियो नेपालबाट सुनेका गीत प्रत्यक्ष सुन्ने अवसर पाएका थिए । ती दुई व्यतिmहरू थिए उनका प्रिय गायक धर्मराज थापा र कलाकार भैरवबहादुर थापा । यसरी विद्यालयकै कार्यक्रममा उनले आºना प्रिय र आर्दश व्यतिmत्वलाई देख्ने र उनीबाट संगीतकला सुन्ने अवसर पाएर गदगद भए । । उनको खुशीको सीमा रहेन । यसै कार्यक्रममा उनले आºना दुई गीत प्रिय कलाकारहरूलाई सुनाउन मात्र के पाएका थिए । उनको स्वरबाट प्रभावित भएर धर्मराज थापाले उनलाई काठमाण्डौ आउन आग्रह गरे । काठमाण्डौ जाने निमन्त्रण पाएपछि त उनको स्थानीय कलाकारहरूस“ग हेलमेल अभै“m बढ्न थाल्यो । स्थानीय कलाकारहरूमा बालकृष्ण मानन्धर (हास्य विधा) र लवमान मानन्धर (हार्मोनियम वादक) बाट उनी विशेष प्रभावित मात्र थिएनन् । उनीहरूकै नेतृत्वमा यदाकदा सागीतिक कार्यक्रमहरू हुने गर्दथे । उनीहरूस“ग नै भीमबहादुरको संसर्ग अत्याधिक हुने गर्दथ्यो ।
संघर्ष र सफलता
भीमबहादुर कार्कीलाई अर्थाेपार्जनका निम्ति खासै संघर्ष गर्नु परेन । राणाहरूको पालामा उनका जिजुहजुरलाई आवादीका निम्ति लप्टन पदवी दिएर सुर्खेतमा पठाइएको थियो । यसरी वि.सं. १९७० सालमा यस क्षेत्रमा बसोबास सुरु भई वि.सं. २०१४ सालमा साङ्लाको प्रयोग गर्नुका साथै वि.सं. २०२९ सालमा टेलिस्कोपको माधयमकाट यस क्षेत्रको नापी भएको थियो । उनका पूर्वजहरूको मुख्यपेशा कृषि ने रहेकाले उनले पनि त्यसै पेशालाई अंगाल्न पुगे । सुर्खेतमा मात्रै उनको ७–८ बिघा जमिन थियो । त्यसैले उनलाई जीवन कसरी धान्ने भन्ने चिन्ता रहेन । त्यसबेलाका यस क्षेत्रका रइथानेहरूमा थारुहरू नै रहेता पनि विशेष गिनेचुनेका पन्त, कार्की, थानी, भारती आदि परिवारहरूमध्ये उनीहरू पनि पहिलो स्थानमा पर्दथे । यसै क्रममा वि.सं.२०२२सालमा सुर्खेतकै धनीगाडका मुखिया रणबहादुर गौतमकी कान्छी सुपुत्री हरिकलास“ग उनको लगनगा“ठो बा“धियो । सुर्खेतकै गोठीका“डा निवासी लक्ष्मीनारायण श्रेष्ठकाी सुपुत्री सहपाठी तारादेवीस“ग वि.सं.२०२४ सालमा उनको दोस्रो विवाह भयो । दुई श्रीमती भएर पनि उनीहरूबीच चर्को झर्को भएन । उनीहरूबाट तीन छोरा र चार छोरी गरी सात सन्तान भए ।
७ भीमबहादुरको जीवनचक्र सहज अवस्थामा चलिरहेकै अवस्थामा वि.सं. २०२६ ज्येष्ठ २९ गते एकाएक उनीमाथि वज्रपात पर्न गयो । उनलाई जन्मदिने आमाले सम्वन्ध विच्छेद गरिन् । आºनो मुटुको टुक्रा र परिवारस“ग सदासदाका लागि सम्वन्ध विच्छेद गरेर गइन् । भरिएको परिवार भएता पनि उनी मातृविहीन बन्न पुगे । यो नश्वर शरीर एद्दद्दकदिन सबैलाई छोडेर जानै पर्छ भनी आºनो मनलाई ढाढसा दि“दै बुबालाई एक्लो महसुस नहोस् भन्ने कुरातिर ध्यान दिन थाले । दुःख बारी रहेकै थिए । आमा बितेको एक वर्ष नपुग्दै, बहलाई विर्सन नपाउ“दै, अचानक उनकै घरमा पुनः अर्को वज्रपात प¥यो । अब त उनलाई असह्य पीडा भयो । वि.सं. २०२७ साल ज्येष्ठ १४ गतेको दिन उनका लागि कालो दिन बन्न पुग्यो । उनी अनाथ बन्न पुगे । आमा पछिपछि बुबा पनि यो भौतिक शरीर छोडी कहिल्यै नफर्कने गरी अस्ताए । उनको दुःख विसाउने चौतारी ढल्यो । जन्मदाता दुबै रहेनन् । दुःखलाई यति नजिकबाट नभोगेका भीमबहादुरलाई पर्नु प¥यो, छटपटाहट र पीडा मात्रै महसुस भयो । उनले मनलाई शान्त पार्न हार्मोनियमलाई उपयुतm ठाने र संगीत साधनातिर लागे ।
भीमबहादुर संगीतको लोक क्षेत्रलाई औधि मन पराउ“थे । तत्कालिन अवस्था, पारिवारिक वातावरण र मुखिया बाको छोरा भएकै कारण पनि उनले यस विधालाई खुलेर प्रस्तुत गर्ने अवसर पाएका थिएनन् । त्यसबेला सभ्य समाजमा भतिm संगीतले मात्रै स्थान पाउ“थ्यो । आमाबुबाको शेषपछि अब उनलाई यस समस्याले बन्देज गरेन । उनको साधनाले तीब्रता लियो । यसै क्रममा वि.सं. २०२७ सालमा भेरी अञ्चल स्तरीय लोकगीत गायन प्रतियोगिता हुने भयो र उनले सुर्खेत जिल्लाको टोलीको नेतृत्व गर्ने सुअवसर प्राप्त गरे । यस टोलीमा सदस्यहरू टेकराज भारती, प्रेमदेव गिरी, नीलमणि भारती, र टीकाभतm भारती थिए । अञ्चल स्तरीय लोक गायनमा भीमबहादुरले प्रथम स्थान हासिल गरे । त्यसपछि उनले आºनै घरमा महफिल जमाउन थाले । अब खुलेर आºनै घरमा कलाकारहरूलाई निम्तो दिन थालेपछि उनको घर संगीत पाठशाला जस्तै हुन थाल्यो । उनी सबै चाड पर्वमा समान रुपले भाग लिएता पनि विशेष गरेर दश–ै“तिहारमा गायन, वादन र नृत्यका साथै नाटकमा अभिनय पनि गर्ने गर्दथे । यदाकदा अन्य विधाको उपयोग गरेता पनि उनको खास विधा गायन नै थियो ।
एकसय चार वर्षे जहानिया“ राणा शासनको अवसानपछि जनता माझ सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू हुन थाले । यसै क्रममा रेडियो नेपालले वि.सं.२०२८ मा प्रजातन्त्र दिवस पारेर कला क्षेत्रको जर्गेना गर्नका निम्ति राष्ट्रव्यापि खुल्ला लोक गायन प्रतियोगिताको आयोजना ग¥यो । सुर्खेतका सिडियो बन्धु पन्तले पनि भीमबहाुर आदि पा“च जान कलाकारहरूको छनोट गरी पठाउने निर्णय गरे । वि.सं. २०२८ सालमा कार्यक्रम पूर्व नै तत्कालिन राजा महेन्द्रको देहावसान भएको कारणले उतm कार्यक्रम हुन सकेन । सोही कार्यक्रम वि.सं. २०२९ सालमा सुसम्पन्न भयो र जसमा भीमबहादुर कार्की लाल पाक्यो बयर बोलको गाएर नेपाल प्रथम भए । उनको नेतृत्वमा गएको टोलीमा भीमबहाुर कार्की (गायन) प्रेमदेव गिरी (मादल) टेकराज भारती (नृत्य) विमला बैगार (नृत्य)र गाइड बालकृष्ण मानन्धर थिए । यसै क्रममा उनले टेकराज भारतीको नृत्यमा हा“गा चाल्यो बा“दरले बोलको गीत पनि प्रस्तुत गरे । उनको सांगीतिक जीवनको यो क्षणलाई नै स्वर्णिम अध्यायका रुपमा लिन सकिन्छ । लोक गायनमा नेपाल प्रथम भएपछि उनले रेडियो नेपालमा नै जागिर पाए तर घरयासी व्यवहारले गर्दा जागिर छोडे पनि आपूmस“ग सहकार्य गर्ने साथीहरू टेकराज भारती, प्रेमदेव गिरी, गोपाल बस्नेत आदिलाई सांस्कृतिक संस्थानमा जागिरे बनाई आपूm घरतिर लागे । घर फर्के पनि उनले सांगीतिक यात्रालाई निरन्तरता दिइ नै रहे । क्षेत्रको कुनै विशेष कार्यक्रम या राजाको सवारी हु“दा सम्पूर्ण सांगीतिक र सा“स्कृतिक कार्यक्रमहरू उनकै नेतृत्वमा हुने गर्दथे । राजा वीरेन्द्र उनलाई राम्रोस“ग चिन्दथे ।
सांस्कृतिक संस्थानको आयोजनामा वि.सं. २०४२ सालमा राष्ट्रव्यापी सांगीतिक कार्यक्रम सुसम्पन्न भयो । यस र्काक्रममा सुर्खेती टिम नृत्य विधामा प्रथम हुन सफल भयो । वि.सं. २०४५ सालको काठमाण्डौमा भएको सार्क सम्मेलनमा सांस्कृतिक कार्यक्रमका लागि सुर्खेती टोलीलाई नै झिकाइयो । सार्काध्यक्ष राजा वीरेन्द्र नै थिए । उतm सम्मेलनमा उद्घोषकदेखि लिएर सा“स्कृतिक कार्यक्रमको पूर्ण जिम्मेवारी भीमबहादुरले नै पाएका थिए ।
भीमबहादुरका माता पिताको देहावसानपछि उनी मनलाई पूर्णरुपेण आपूmलाई शान्त पार्न सकेका थिएनन् । घरको सांगीतिक वातावरणले पनि उनकोमन शान्त हुन सकेन । उनलाई वैराग्य उत्पन्न हुन थाल्यो । संयोग हुन सक्छ उनका आमा बुबाको निधनको केही समयपछि सुर्खेतमा एकजना स्वयम् पाकी बाबा आए । उनलाई सबैले प्युठानी बाबाको रुपमा चिन्ने गर्दथे । उनी प्युठानबाट आएका बाबा लक्ष्मणनन्द गिरी हुन् । सन्यास पूर्व उनको नाम चुडामणि पौडेल थियो । लक्ष्मणनन्द गिरीको संसर्गमा आएपछि भीमबहादुर भजन कीर्तनका साथै गीता आदिको अध्ययन गर्न थाले । यिनै क्रियाकलापका माझ उनले ठूल्ठूला सन्त महन्तहरूको दर्शन पाउने सुअवसर प्राप्त गरे । महापुरुषहरूको संगतबाट जीवन सफल हुने कुरा उनलाई अनुभूत भयो । उनले सन्तहरूलाई बुबाआमा समान सम्मान गर्ने गर्थे । उनी वि.सं. २०४२ सालमा प्युठनी बाबाको अनुकम्पाबाट प्युठानमा गएर सत्संगमा संलग्न रहे । प्युठानी बाबाको प्रेरणाकै कारण उनको अध्यक्षतामा सर्खेतस्थित उŒार ग¨ामा जलेश्वर महादेव मन्दिरको निर्माण गरिएको हो । आज भोलि पनि उनको यो यात्रा निरन्तर चली रहेको छ । उनी विशेष गरेर सुर्खेतस्थित प्रशान्ति वृद्घाश्रममा शनीवासरीय आध्यात्मिक कार्यक्रममा संलग्न रहेता पनि जिल्लाभन्दा बाहिरका भतmहरूले बोलाएपछि त्यहा“ गएर उनीहरूको आध्यात्मिक तीर्खा मेटाउने गर्दछन् ।
भीमबहादुर सन्यासी नभएता पनि उनमा प्युठानी बाबाको प्युठानी बाबाको अमीट प्रभाव छ । उनकै प्रेरणा र जनताचको चाहना अनुरुप वि.सं. २०४३ देखि २०४६ सम्म उनी गोठीका“डा गाउ“ पञ्चायतको प्रधानपञ्च बने । यसरी गोठीका“डामा पञ्चायती व्यवस्थाको पहिलो प्रधानपञ्च उनका बुबा मनहर्क कार्की (मुखियाबा) र अन्तिम प्रधानपञ्च भीमबहादुर कार्की बने । वि.सं. २०४६ सालमा ३० वर्षीय पञ्चायती व्यवस्थाको अन्त्यस“गै देशमा प्रजातन्त्रको उदय भयो । वि.सं. २०४७ सालमा देशमा चुनाव हुने भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (सूर्यबहादुर थापा अध्यक्ष भएको) ले उनला्रई सुर्खेत क्षेत्र नं. २ को उम्मेद्वार बनायो । परिणाम अन्यत्र गएपनि उनको राजनैतिक उचाईलाई पनि हेर्न सकिन्छ । तर उनी आपूmलाई राजनीतिभन्दा आध्यात्मस“ग जोडेको मन पराउ“छन् ।
संगीतमा अहोरात्र खट्ने भीमबहादुर सुर्खेतमा वि.सं.२०४३ सालमा स्थापित पहिलो कला सम्वन्धि संस्था देउती बज्यै सांस्कृतिक कला परिवारका संस्थापक अध्यक्ष समेत हुन् । यसपछि वागीना समूह, आराधना संगीत कला प्रतिष्ठान, प्रशान्ति वृद्घाश्रम, दूर्गा मन्दिर भजन समूह जस्ता सुर्खेतका धेरै संघ,संस्थाहरूमा सल्लाहकार, संरक्षक आदि बनेर प्रेरणा दिने कार्य गरिरहेका छन् । उनी जिल्लादेखि राष्ट्रिय स्तरसम्मका धेरै कार्यक्रममा निर्णायको भूमिका निवाह गरिसकेका छन् । रेडियो नेपालस“ग त उनको नङ र मासुको सम्वन्ध जस्तै छ । रेडियो नेपालले कलाकारहरूलाई मञ्च दिने कार्य गरेकोमा उनी खुशी व्यतm गर्छन् । संगीतलाई मूर्तरुपदिन क्षेत्रस्तरदेखि नै सरकारले विशेष भूमिका खेल्न ुपर्नेमा उनी जोड दिन्छन् । उनी भन्छन् “साधनाले मात्र हु“दैन, साधकले साधना देखाउने ठाउ“ पनि हुनु पर्छ ।
धार्मिक र सांस्कृतिक क्रियाकलापका माधयमबाट मात्रै समाज परिवर्तन गर्न सकिन्छ भन्ने भीमबहादुरका रेडियो नेपाल र अन्यत्रबाट विभिन्न कालखण्डमा कालजयी गीतहरू गाइएका छन् । (तत्कालिन समयमा गीत रिकर्ड गर्न बाहिरी मुलुकमा जानु पर्ने अवस्थाका कारण राष्ट्रले धेरै अमर हुने गीतहरू गुमाएको छ ।) आधा दर्जन जति उनका गीतहरू रिकर्डिङ भएका छन् । ती मध्ये लाल पाक्यो बयर, कस्तो मेरो अभागी कर्म, सबै र पूmल सुकीमा गयो आदि उनका कालजयी गीत हुन् । वि.सं. २०७४ सालमा उनको नेपालमा सहकारी पाइलो बोलको गीत रिकर्डिङ भएको छ । अन्य गीत, भजन रिकर्डिङ हुन बाँकी न छन् । आराधना संगीत कला प्रतिष्ठान,सुर्खेले वि.सं. २०७३ मा सम्मान गरेको छ । बागीना समूह सुर्खेतले वि.सं. २०७४ सालमा उनको सम्मानमा भीमबहादुर कार्की एकल सा“झ राखेर उनको सम्मान गरेको छ । रेडियो नेपाल क्षेत्रीय प्रसारण सुर्खेत आदि धेरै संघ, संस्थाहरूल उनकोे प्रतिभाको सम्मान गर्ने अवसर प्राप्त गरेका छन् ।
नेपाल कै विकट र आर्थिक विपन्न प्रदेशका रुपमा हेरिने क्षेत्रबाट लामो संघर्षकै कारण उनी हामीमाझ चिनिन सफल भएका हुन् । त्याग, तपस्या र संघर्षबिना जीवनमा सफलता पाइदै“न । परिवारभन्दा समाज ठूलो हुन्छ । सामाजिक कार्य गर्दा परिवार हेर्न सकिदै“न । तै पनि विचलित भइएन भने समाजमा अगाडि बढ्न सकिन्छ । सबैका प्रिय साधक, शान्त र नम्र स्वभाव भएका भीमबहादुर सबैका माझ आज पनि उत्तिकै लोकप्रिय छन् । यसरी कर्णाली प्रदेशको मात्र नभई राष्ट्रकै निधिका रुपमा समग्र नेपालीका मन मष्तिष्कमा सदैव जीवित रहने छन् ।
खुलानजर । २९ कार्तिक २०८१, बिहीबार १८:१२