सुर्खेत: पञ्चपुरी नगरपालिका—६ स्थित समुह प्राथमिक विद्यालयमा अध्यनरत बेसहारा, विपन्न बालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । सोलुखुम्बु घर भएकी हाल ग्रिसमा बस्दै आएकी स्मृति राईले कक्षा चारमा अध्यनरत दुई जना, तीनमा अध्ययनरत दुई जना र कक्षा दुईमा अध्यनरत एक जना बालिकालाई एक—एक थान शैक्षिक सामग्री र झोला सहयोग गरेकी हुन् । बुधबार वडा नम्बर ६ का कार्यवहाक वडाअध्यक्ष मनबहादुर बरै, वडा सदस्य अनिता विक र विद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर बिष्टको रोहवरमा सामग्री वितरण गरिएको हो । उक्त सहयोगको समन्वय वडा नम्बर ६ को वडा कार्यालयका कर्मचारी प्रेम सुनारले गरेका थिए ।
खुलानजर । ३१ श्रावण २०८०, बुधबार २०:१४