पाँच वर्षीया बालिकाकाे उपचारमा सहयोगकाे अपिल

सुर्खेत: चौकुने गाउँपालिका वडा नम्बर ६ घर भई हाल सनसाइन एकेडेमी वीरेन्द्रनगर नगरपालिका-१ मा एलकेजी अध्ययनरत पाँच वर्षीया बालिका दिप्सा बराइ मगरका अभिभावकले उपचारका लागि सहयाेगकाे अपिल गरेका छन् । घरमै खेल्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको पेट, कम्मर र गुप्ताङ्गमा गम्भीर चोट लागेपछि उनलाई उपचारको लागि भारतको लखनऊ स्थित (Cresent Hospital) मा लगिएको छ । घर परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले अहिले उनको शल्यक्रिया रोकिएको भन्दै  अभिभावकहरुले सहयाेगकाे अपिल गरेका हुन्।  दिप्सा बराइ मगरको उपचारका लागि सबै सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि आफ्न्तले  अनुरोध गरेका छन्।

सहयोग विवरण:

सम्पर्क नम्बर: 9863281493

बैंक खाता: 02205310257800 (Nimb Bank ) खातावाला: Hima Gurung