दलित गोलमेच सम्मेलनको सुर्खेतमा अन्तरक्रिया सम्पन्न

 

सुर्खेत: दलित समुदायको एकता र मुक्तिका लागि प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले बताएका छन् । आइतबार सुर्खेतको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले दलित समुदाय विभाजित भएकै कारण मुक्ति सम्भव नभएको र एकताको आवश्यक रहेको औंल्याए ।

दलित अधिकारको पक्षमा आवाज उठाउने सबै दलित अधिकारकर्मिहरु छरियर भन्दा गोलबन्द हुनुपर्ने बतायका छन ,अभियानको क्रममा सत्ता र शक्तिमा पहुँच नहुँदा दलित समुदाय अझै पनि हत्या, हिंसा र विभेदको शिकार हुनुपरेको उनले भने । गोलमेच सम्मेलन दलित समुदायलाई राजनीतिक सशक्तीकरणको माध्यम बन्ने विश्वास व्यक्त गरे । सम्मेलनमार्फत दलित पहिचान, सामाजिक विभेद, राज्यसत्ता, राजनीतिक दलहरूका नीति तथा व्यवहारको समीक्षा, दलित मुक्तिको मार्गचित्र, समाजवाद र दलित मुक्तिको सम्बन्ध जस्ता विषयमा साझा एजेन्डा तय गरिनेछ ।

राष्ट्रिय दलित गोलमेच सम्मेलनका प्रवक्ता अग्निशिखाले धनगढीबाट अन्तरक्रिया कार्यक्रम सुरु भइसकेको जानकारी गराउँदै सुर्खेत पछि चैत ४ गते नेपालगञ्ज हुँदै वैशाखमा काठमाडौंमा सम्मेलन हुने बताए ।

अन्तरक्रिया कार्यक्रममार्फत डम्मर नेपालीको संयोजकत्वमा १५ सदस्यीय कर्णाली प्रदेश समन्वय समिति गठन गरिएको छ। समितिको सह सयोजकमा यमुना नेपालि चयन हुनुभयको छ। हिरा बहादुर सुनार ,मन बहादुर बिक पुष्पा नेपाली ,उदिराम चुनारा,लक्ष्मी बिक भिमबहादुर परियार, टेकेन्द्र बिश्वकर्मा ,मेघ बहादुर बिक ,रमेश सि रुकुम बहादुर बिक राजेश शोनी झलक बिक रहेका छन भने समितिको सदस्य सचिव नारायण विक चयन भएका छन्। यो समितिले कर्णाली प्रदेशका सबै दलित अधिकारकर्मि हरुलाइ यकै ठाउमा गोलबद्द गर्ने रहेको छ ।