“दोधारमा मेरो देश “

सुरेन्द्र रावल

मेरो देश एक दोधारको देश बन्यो ।
कसैले गणतन्त्र कसैले राजतन्त्र भन्यो ।
मेरो देश एउटा दोधारको देश बन्यो ।।

इतिहास बुझ्नेले गणतन्त्र भन्छ !
इतिहास नबुझ्नेले राजतन्त्र भन्छ !
खोई यो राजनीतिमा कस्तो मन्त्र बन्छ ?
राजावादीले प्रधानमन्त्री लाइ देश छोड भन्छ !
गणतन्त्रवादीले राजा लाई देश छोड भन्छ !
नेपालीले नेपाल छोडनु पर्ने कस्तो परिवेश बन्यो ?
मेरो देश एउटा दोधारको देश बन्यो।

राजा हुँदा युवा मुग्लिन जान्थे ,
बुढा बुढी गाउँको घर धान्थे
गणतन्त्र आयो युवा  अझै टाढा विदेश गए ,
अझ पनि घर धान्ने बुढाबुढी नै भए।
राजावादी भन्छन् गणतन्त्र आएर देश गरीब बन्यो
गरिबी अन्त्य गर्न श्रमशक्ति स्वदेशमै रोकौं कस्ले भन्यो ?
गणतन्त्रवादीले भ्रष्ट्राचार गरी देश सक्काउन पाएको छ ।
राजावादीले देशमा अराजकता मच्चाउन पाएको छ ।
दिनहुँ युवा विदेश उठ्न कस्ले रोक्कायको  छ ?
युवा विदेशिनु दुवैले आनन्द ठान्यो
त्यसैले मेरो देश एउटा दोधारको देश बन्यो।

य हजुर
राजनीतिमा सुधार नआई गणतन्त्र रहँदैन ,
राजाको तानसहि शासन सबैले सहँदैन ।
एउटाको कुरा अर्कोले खाँदैन, अर्काको अर्कोले खाँदैन,
देशमा विकास हुन सक्दैन जब श्रमशक्ति माजबुध रहँदैन,
उचित लागानी स्वदेश मै गरौं युवा कोही विदेश जाँदैन ।
देश बुढा हरुको हातमा पारेर युवा विदेश हिड्यो ,
र त मेरो देश एउटा दोधारको देश बन्यो।

साँच्चै
श्रमशक्ति को देशलाई खाँचो छ
रोजगारी खोज्छन् ,खेतबारी बाझो छ ,
बुढा हरु मिलेर देश बेच्ने चाँजोपाजो छ
यो प्रवृति बन्द गर्ने युवा हरुको हातमा मात्र साँचो छ ।
के गर्नु हजुर यहाँ त ।
कित युवा विदेश उड्यो,की बिग्रेको राजनीति जान्यो ,
यसै कारणले मेरो देश एउटा दोधारको देश बन्यो।

युवा हो ……
हाम्रो देश बाट यो भ्रष्ट्राचार अन्त्य गर्न ,
निस्वार्थ , कर्मठ , सत्य ,सक्षम युवा नेतृत्व चयन गर्न ,
सारा युवा एकजुट हुनुपर्छ ।
मातृभूमि बनाउन , माताको कसम खाँदै ,
दायाँ हातले देब्रे छाती छुनु पर्छ ,
साँच्चै सबै जना एकजुट हुनुपर्छ ।
साक्षात् स्वर्ग स्वयम् जन्म भूमि छ ,
सगरमाथा जस्तै उच्च शिर बनाएर ,
एकजुट भएर चन्द्रमा पनि छुनु पर्छ ।

यति गरे देशमा भ्रष्ट्राचार हुने छैन ,
राजा सपना हो गणतन्त्र हैन ,
युवा एकतामा नालायक सरकार बन्दैन ,
यसो गर्न सके मेरो देश दोधारमा पर्दैन ।
दुवै जनतालाई दुःख दिने तन्त्र बन्यो
मेरो देश एउटा दोधारको देश बन्यो ।