परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

सुर्खेत: AIDS Healthcare Foundation (AHF) नेपालको आयोजनामा ‘Sustaining the Gain, Strengthen HIV Prevention, Testing, Treatment and Care Services at ART Clinic of Nepal’ परियोजनाको अन्तर्गत परियोजना सल्लाहकार समिति (Local Project Advisory Committee – LPAC) को बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।  मोहनमाया ढकालको अध्यक्षता बसेको बैठकमा AHF  नेपालका कार्यक्रम संयोजक संजयकुमार पौडेलले चालू आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ART सेवा, PLHIV को उपचार, HIV परीक्षण, संक्रमण रोकथाम तथा सेवाप्रवाहमा आएको प्रगति, चुनौती र भावी योजना प्रस्तुत गरेका थिए ।  कार्यक्रममा AHF नेपालले ए जुलाई २०२४ देखि मे २०२५ सम्म भएका प्रमुख उपलब्धिहरू समावेश गरिएको थियो । जस्तै एचआईभी परीक्षण र नयाँ पोजिटिभ केसहरू पहिचानमा १०० प्रतिशत सफल लिंकज, उपचारमा समेटिएका २४७ जना PLHIV हरूलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश, IPT को एक चरण पूरा गरेका धेरैजसो सक्रिय संक्रमितहरू, १०० प्रतिशत HIMIS/DHIS रिपोर्टिङ समयमै सम्पन्न, संक्रमितहरू  लाई यातायात, प्रयोगशाला परीक्षण, औषधि र जटिल समस्या व्यवस्थापनमा सहयोग, अन्तर्राष्ट्रिय कन्डम दिवस, विश्व स्वास्थ्य दिवस र क्षयरोग दिवस जस्ता दिवसहरू मनाइएको, नयाँ ART साइटहरूमा प्राविधिक सहयोग, DQA कार्यक्रम सञ्चालन, र मेडिकल रेकर्ड अडिट लगायतका विषयमा जानकारी गराइएको  थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले HIV सेवा प्रवाहमा समन्वय, जवाफदेहिता र दिगोपन प्रवद्धन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।